
नेपाल चलचित्र संघका पूर्व अध्यक्ष तथा बुटवलको कालिका हलका सञ्चालक हरि प्रसाद द्वाको दशौं पुण्य तिथीको अवसर पारेर चलचित्र संघले आफ्नै सभा हलमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्यो । प्रदर्शकहरुको छाता संस्था चलचित्र संघका सल्लाहकार समेत रहेका द्वालाई स्मरण गर्दै चलचित्रकर्मीहरूले उनको तस्विरमा माल्यार्पण गरेका थिए ।
श्रद्धान्जली सभा कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले हरि द्वाको असमायिक निधनले चलचित्र क्षेत्रलाई ठूलो नोक्सान भएको बताए । चलचित्र संघका अध्यक्ष राज कुमार पोखरेलले हरि द्वा जस्तो स्पष्ट वक्ता तथा इमान्दार व्यक्ति चलचित्र क्षेत्रले गुमाउनु परेको दु:ख व्यक्त गर्दै चलचित्र संघ नै अहिले दु:खमा परेको बताए ।
हरि प्रसाद द्वालाई श्रद्धान्जली व्यक्त गर्न निर्माता संघका अध्यक्ष राज कुमार राई, उपाध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका अध्यक्ष केपी पाठक, द्धन्द्ध निर्देशक संघ अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्माता अशोक शर्मा, प्रज्ञा जोशी, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष शिवजी लामिछाने, डिजिटल सिनेमा नेपालका महाप्रबन्धक अशोक शर्मा लगायतका चलचित्रकर्मी उपस्थित थिए ।
बिगत ३३ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय स्वर्गिय द्वाको बुटवलमा मोटसाईकल दुर्घटनामा परि काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो । २०५९ सालमा चलचित्र संघको अध्यक्ष पदमा निर्वाचित स्वर्गिय द्वा पोखराको बाराही तथा बिन्ध्वाबासिनी हलमा पनि प्रत्यक्ष संलग्नता थियो । द्धाको दशौं पुण्य तिथीको अवसरमा फिल्मीखबर डटकम परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ !