मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

स्वर नायिकाको तीज

संजय सौगात, बुटवल, 2011/08/29

वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । देशभरका महिला तथा सेलिब्रेटीहरूले आ-आफ्नै तरिकाले तीज मनाउन लागिरहेको बेला चलचित्र स्वरका तीन नायिकाले यसपालीको तीजमा मनाउने तरिका यस्तो छ -

 

केकी अधिकारी
नायिका

यसपालीको तीजमा कुनै तयारी गरेको छैन । शुक्रबारबाट मेरो परिक्षा पनि सुरु भएको छ त्यसैले गर्दा म परिक्षाको तयारीमै जुटेको छु । त्यही भएर यसपालीको तीजमा तयारी गरेको छैन । मंगलबार सम्म निरन्तर परिक्षा छ ।  तर पनि तीजको दिनमा एक दिन भएपनि रमाइलो गर्नेछु । यसपाली तीजको लागि भनेर मैले सपिङ गरिन । पोहोर साल त सपिङ गरेको थिए, तयारी पनि धेरै राम्रो गरेको थिए । यसपाली खासै रमाइलो गर्न नपाए पनि तीजको दिनमा व्रत भने बस्दैछु  । साउनको महिनामा पनि म चारवटै सोमबार व्रत बसें । दिदीको गत वर्ष विहे भएको हो । उहाँ पनि यो तीजमा आउदै हुनुहुन्छ उहाँसंग तीजको दिनमा केही रमाईलो गर्नेछु । तीजको दर खाने प्रोगाममा धेरै ठाउँबाट निमन्त्रणा आएको छ । तर परीक्षा कै कारण जान पाईरहेको छैन ।

 

बेनिशा हमाल
नायिका

तीजको लागि भनेर स्पेशल्ली बन्दिनी बुटिकका कुर्ताको अर्डर गरेकी छु । अहिलेसम्म तीन चार ठाउँमा तीजको दरखान पुगिसकेकी छु । खासगरी तीजको दिनमा व्रत वस्ने योजना बनाएको छु । यसपालीको तीज म आफ्नै घर चितवन गीतानगरमा आमा र फुपुहरूसँग मनाउदैछु । त्यसको लागि दुई दिनको समय मिलाएर म घरतिर जांदैछु । सोमबारबाट विभोर पोखरेलको निर्देशनमा बन्न लागेको चलचित्र 'म अनि तिमी' को सुटिङ सुरु भएको छ । त्यसमा पनि समय दिनै पर्ने हुन्छ । त्यसैले दुई दिनको मात्रै समय मिलाएर घरमा जांदैछु । गत बर्षको तीज काठमाण्डौमै साथीहरुसंग मनाएको थिएँ । यसपाली भने घर जाने योजना बनाएको छु । यसपालीको तीज निकै रमाईलो हुने आशा गरेकी छु ।


रीमा विश्वकर्मा
नायिका

तीजको लागि भनेर सपिङ एक हप्ता अगाडी नै गरिसकें । तीजको लागि भनेर मैले कुर्ता किनेर ल्याएकी छु । पोहोर सालको भन्दा यस पालीको सपिङ केही मंहगो भएको छ । यो वाहेक तीजको लागि खासै तयारी गरेको छैन । तीजको दिन व्रत वस्दै छु । अहिले सम्म दुई वटा प्रोगामहरुमा दरखान सहभागी भएको छु । शनिबार पनि मेरो ममी र म भएर सभागृहमा दर खानेप्रोगाममा गयौ । हुन त मेरो ममी क्रिस्चियन हुनुहुन्छ तर पनि उहाले तीजमा रमाइलो मान्नु हुन्छ । तीजलाई सर्पोट गर्नुहुन्छ ।