
प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'ब्रेक फेल' को निर्माण युनिटले अर्को गीत पनि फिल्मीखबर डटकमबाट सार्वजनिक गरेको छ । भाद्र १६ गते आफ्नो प्रदर्शनको मिती तय गरेको सो चलचित्र युनिटले केहि दिन अगाडी मात्र फिल्मीखबरबाट टाईटल गीत वर्ल्ड प्रिमियर गरेको थियो ।
आज सार्वजनिक गरिएको गीतमा सत्यस्वरूपको शब्द तथा संगीत रहेको छ भने सत्यराज र अञ्जु पन्तले स्वर दिएका छन् । रेनाशा राईको करियोग्राफी रहेको सो गीतमा ऋचा घिमिरे र निरज बरालले रोमान्स गरेका छन् । शंकर घिमिरेले निर्देशन गरेको सो चलचित्रको गीतको छायाँकन कहाँ गरिएको छ भन्ने बारे फिल्मीखबरले क्विज राखेको छ । उक्त क्विज प्रतियोगितामा सहि उत्तर पठाउने मध्ये एक जनालाई ब्रेक फेलको प्रिमियरमा सहभागी गराईने छ ।
यसैगरी गत साता राखिएको क्विज-२ को बिजेता पनि घोषित गरिएको छ । चलचित्र ब्रेक फेलमा प्रयोग गरिएको 'पिङ्की कार' कस्को हुन्छ ? भन्ने प्रश्नको सहि उत्तर (ऋचा घिमिरे ) दिएर ललितपुर बस्ने सुजाता बस्नेत बिजयी बनेकी छिन् । जम्मा प्राप्त १७३२ मत मध्ये ८४९ जनाले सहि उत्तर पठाएका थिए । तिनै ८४९ मध्ये गोला प्रथाद्वारा बस्नेत बिजयी घोषित भएकी हुन् ।
यस पटकको क्विजको प्रश्न फिल्मीखबरबाट प्रिमियर गरिएको प्रस्तुत गीतको छायाँकन कहाँ गरिएको हो ? भन्ने रहेको छ । जसको विकल्पहरू १. काठमाण्डौ २. पोखरा ३. पूर्व ४. सुदूरपश्चिम रहेका छन् । यस क्विजमा देश बिदेशमा बस्ने हरेक नेपाली सहभागी हुन सक्नेछन् र बिजेता ब्रेक फेलको प्रिमियरमा सहभागी हुन सक्नेछन् । यसैगरी बम्पर क्विज अर्न्तगत एक जनाले ब्रेक फेलका कलाकारहरूसँग डिनर गर्न पाउने छन् ।