मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रपोज गर्ने धेरै छन् : शुष्मा कार्की (नवनायिका)

संजय सौगात, बुटवल, 2011/07/27

खासगरी नेपाली चलचित्र क्षेत्रमा आइटम डान्सरको उपनामले चिनिएकी नवनायिका शुष्मा कार्की चलचित्र ' के यो माया हो' मा मुख्य नायिकाको भुमिकामा छिन् । चलचित्र क्षेत्रमा लागेको छोटो समयमै स्थापित भइसकेकी यी नायिका यही साउनको अन्तिम साता रिलिज हुन लागेको चलचित्र 'जिन्दगानी दर्पण छाया' मा पनि अतिथी कलाकारको रूपमा आइटम डान्स गरेकी छिन् । यिनै नायिका नायिकासंग बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी :

 

तपाई यो देशको प्रधानमन्त्री हुनुभयो भने के-के गर्नुहुन्छ ?
यो देशको प्रधानमन्त्री हुने अवसर पाए भने मैले सबैभन्दा पहिले त भ्रष्टचारीहरूलाई देश निकाला गरी दिन्छु । किनकी भ्रंष्टचारहले गर्दा हाम्रो देश खत्तम भइसक्यो । त्यसपछि मैले राजालाई फर्काउछु किनकी हाम्रो देशमा राजा आवश्यक छ ।

तपाईलाई पुरूष स्वार्थी लाग्छ कि महिला ?
स्वार्थी त दुवै लाग्छ तर पनि पुरूषको तुलनामा महिलाहरू नै बढि स्वार्थी हुन्छन् ।


किन ?

किनकी मैले धेरै महिलाहरूसंग संगत गरिसकेकी छु । र उनीहरूको व्यवहारबाट नै मैले यो थाहा पाएकी हुँ ।


तपाईलाई पुरूषको कुन अंगले आर्कषित गर्छ ?
पुरूषको प्रभावित गर्ने त धेरै चिज छन् । मलाई धर्म कर्म गर्ने, खाना आफै पकाउने पुरूष मन पर्छ । खासगरी पुरूषको आँखा, नाक, जिउडाल र उसको वोलीले प्रभावित पार्छ ।


बाटोमा हिंड्दा केटाहरूले कत्तिको जिस्क्याउँछन् ?

अलि अलि जिस्क्याउँछन् । त्यस्तो नराम्रो पाराले त होईन बाटोमा हिंड्दै गर्दा शुष्मा भनेर बोलाउँछन् । 


जीवनमा गरेको भुल तर अति रमाइलो ?
भुलहरू त थुप्रै गरिएको छ । तर त्यस्तो रमाइलो चांही छैन ।


सेक्सलाई कसरी हेर्नुहुन्छ ?
सेक्स केटा र केटीको आत्मा वीच भएको लवको अन्तिम रूप हो जस्तो लाग्छ । पहिले त मलाई सेक्स भन्दा कस्तो-कस्तो लाग्थ्यो तर आजकाल भने नर्मल नै लाग्छ ।