मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशा अब क्रियटिभ निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2011/07/21

मिसन पैसा डेब्यू नायिका निशा अधिकारी अब क्रियटिभ निर्देशक हुने भएकी छिन् । दशैंको सेरोफेरोमा निर्माण हुन लागेको एक चलचित्रका लागि निशाले नायिकाको साथमा क्रियटिभ निर्देशकको कार्यभार पनि सम्हाल्दै छिन् ।  

 

केहि महिना अघि अमेरिका पुगेर निर्देशन सम्बन्धि कोर्ष गरेर आएकी यि नायिकालाई निर्देशक सुरेशदर्पण पोखरेलले आफूले निर्देशन गर्न लागेको चलचित्रका लागि क्रियटिभ निर्देशकको रूपमा अग्रिमेन्ट गरेका हुन् । क्रियटिभ निर्देशकको जिम्मा पाएकी निशाले अहिले सम्मकै धेरै पारिश्रमिक पाएको निर्माण युनिटले जनाएको छ । नायिका र क्रियटिभ निर्देशक सहित निशाले ४ लाख पारिश्रमिल लिएको बताईएको छ ।  

 

थ्री ब्रदर्श क्रियशनले निर्माण गर्न लागेको उक्त चलचित्रमा नायिका निशालाई 'कुसुमे रूमाल-२' डेब्यू नायक निरज बरालले साथ दिने भएका छन् ।  नायिका निशा र नायक निरज पहिलो पटक एकसाथ सो चलचित्र मार्फत पर्दामा देखिन लागेका हुन् । यसैगरी यसै चलचित्रबाट चौध बर्ष देखि बेल्जियम बस्दै आएका मोडल एवं गायक देबु श्रेष्ठले डेब्यू गर्दैछन् । जगदम्बा सिमेन्टको बिज्ञापन लगायत केहि म्युजिक भिडियोमा अभिनय गरेका देबुले अमेजिङ नामक एल्बम बजारमा ल्याईसकेका छन् ।

 

बेल्जियम निवासी प्रिन्स श्रेष्ठको लगानीमा निर्माण हुन लागेको सो चलचित्रको छायाँकन युरोप र नेपालमा गरिने भएको छ । चलचित्रको छायाँकनका लागि निर्माण युनिट अगस्ट महिनामा युरोप जाँदैछ । सोही अवसरमा निर्देशक पोखरेलको पछिल्लो चलचित्र 'मिस यू' को बेल्जियममा रेड कार्पेट प्रिमियर पनि गरिने भएको छ । प्रेमकथामा अधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।