मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्को गुरू को ?

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/15

आज गुरु पूर्णिमा आफ्ना गुरुहरुको सम्मान गरी मनाइदैछ । चलचित्र क्षेत्रका ब्यक्तिहरुले पनि आज आफ्ना गुरुहरुलाई बिभिन्न तरिकाले सम्झेर गुरू पूर्णिमा मनाईरहेका छन् ।
 
मान्छेमा कुनै न कुनै प्रतिभा त हुन्छ नै तर त्यो प्रतिभालाई निखारेर दर्शकसामु ल्याउने काम कोही न कोहीले त गरेकै छन् । त्यसो त त धेरै कलाकारले आफुलाई निर्खाने ब्यक्ति हैन की पहिलो पटक अवसर दिने ब्यक्तिलाई गुरु मानेको पाइएको छ । साउन शुक्ल पूर्णिमाको दिन आ-आफ्ना गुरुलाई श्रद्धा एवं आदरपूर्वक पूजा गर्ने दिन भएकोले कुन चलचित्रकर्मीले कस्लाई आफ्नो गुरु सम्झी कसरी गुरुको सम्मान गर्दछन् भन्ने कुरा  चासोको बिषय बनेको छ आज ।
 
वरिष्ठ चलचित्रकर्मी चेतन कार्की आफूलाई चलचित्रको क ख ग पढाउने स्व. हीरा सिंहको गुन कहिल्यै बिर्सन नसक्ने बताउँछन् । आफ्नो गुरुप्रति श्रद्धा सुमन स्वरूप चेतन कार्कीले गुरु पूर्णिमाको अवसरमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो जीवन अर्पण गर्ने एक कलाकर्मीलाई स्व. हीरा सिंह खत्री चलचित्र सम्मान प्रदान गर्ने घोषणा गरिसकेका छन् ।


 
कलाकारितामा निरन्तर सहयात्रा गरिरहेको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका गुरुहरु फरक फरक छन् । जस मध्ये मदनकृष्ण श्रेष्ठले वर्तमान समयमा सहकर्मी हरिवंश नै आफ्नो गुरु भएको बताउँछन् । त्यसो त उनका कला क्षेत्रका गुरु उनलाईं पहिलो पटक मञ्चमा नेपाल भाषाका गीत गाउने अवसर दिएका महान सङ्गीतज्ञ नगेन्द्र हाडा रहेछन् । आफ्ना गुरुको सदैब सम्मान गर्ने उनको भनाई छ । यता उनका समकक्षी हरिवंश आचार्यले भने आफू पद्मोदय हाइस्कुल पढ्दा ताकाका गुरु लक्ष्मीप्रसाद अधिकारीदेखि उनलाई कला क्षेत्रमा सहयोग गर्ने भैरब अर्याल, जितेन्द्र महत अभिलाषी र हरिहर शर्मालाई पनि गुरु कै दर्जामा राखेका छन् । उनले पनि आफुलाई हिड्न सिकाउने गुरुलाई बिर्सन नसकिने बताएका छन् ।
 
बरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे भने चर्चित चलचित्र सम्पादक कमलाकर कार्खानिशलाई आफ्नो गुरु मान्छन् । उनका अनुसार उनकै प्रेरणले नेपालमा आएर चलचित्र बनाएका थिए । त्यसो त उनले चलचित्र दक्षिणा आफ्नै गुरुको सम्झनामा उनै प्रति समर्पित भावले बनाएको बताएका थिए । यसरी बलिउडका कमलाकारलाई गुरु मान्ने घिमिरेलाई गुरु मान्ने कलाकारहरु पनि धेरै नै छन् । निरुता सिंह, उत्तम प्रधान, प्रदीप सिंह, केशव भट्टर्राई, रामकृष्ण बजगाई जस्ता कलाकारहरू तुलसी घिमिरेलाई आफ्ना गुरुका रूपमा सम्झीने गर्छन् ।
 
 
दुई दशक भन्दा बढी चलचित्र क्षेत्रमा नायकको रुपमा काम गरी महानायक भनेर चिनीन थालेका राजेश हमाललाई पहिलो पटक दिपक रायमाझिले यो क्षेत्रमा प्रबेश गराएका हुन् । नातामा आफ्नो मामा पर्ने निर्देशक दीपक रायमाझीलाई राजेशले गुरु मान्ने गरेको देखिएको छैन । न त गुरु पूणिर्माका दिन पूजा गर्न गएको देखिएको छ । अहिलेका चर्चित द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले आफ्नो गुरुको रूपमा स्वर्गीय गोपाल भुटानीको सदैव आदर गर्ने गर्दछन् । गोपाल भुटानी कै सिफारिसमा राजेन्द्र खड्गीले पहिलो पटक युगदेखि युगसम्म चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गरेका थिए । गुरु पूर्णिमा कै दिन पूजा नगरे पनि आफ्नो मनमा स्वर्गीय भुटानी सदैव गुरुको रूपमा रहि रहने कुरामा राजेन्द्र खड्गी दृढ छन् । उनको यो दृढता प्रसंशनीय छ ।
 
नायक दिलिप रायमाझि भने आज बिहान नृत्य निर्देशक राजु शाहको नृत्य प्रशिक्षण केन्द्र राजश्री थिए । चलचित्रमा आउनु अगाडी चलचित्रका गीतमा नृत्य गर्ने नायक दिलिप रायमाझि भने आफ्ना गुरु नृत्य निर्देशक राजु शाह भएको बताउँछन् । उनका अनुसार हरेक वर्ष गुरु पूर्णिमाको दिनमा उनका समकक्षिहरु मिलेर आफ्ना गुरुको पुजा गर्ने गर्दछन् र आज पनि उनि गुरुको पुजा गर्दै थिए । नायक मुकेश ढकाल आफ्नो गुरुको रुपमा कोरीयोग्राफर पुनम राई र गोबिन्द राईलाई सम्मान गर्ने गर्दछन् । उनि आज बिहान गुरुकुलमा आफ्ना गुरुहरु भेट्न जादै थिए । भने नायक राजबल्लभ कोइराला चलचित्र क्षेत्रमा आफ्नो गुरु कोही नभएको बताउँछन् ।

 
नायिका निशा अधिकारी भने आफुले गुरुकुलमा अभिनय सिकाउने सरिता गिरीलाई गुरु मान्ने गर्दछिन । चलचित्र कहाँ भेटिएलाबाट नायिकाको यात्रा थालेकी श्वेता खड्काले उनलाई नृत्य कलाको प्रशिक्षण दिने प्रसिद्ध नृत्य निर्देशक वसन्त श्रेष्ठलाई आफ्नो गुरु मानेकी छिन् ।