शहरको मुख्य समस्या नै ड्रग्स हो भन्ने कुराहरु उठिरहँदा ड्रग्समा बढी युवा युवती फसिरहेको भन्ने खवरहरु पनि आइनैरहेका छन् । त्यसो त ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो वर्वादी आफैले तय गर्नु भएको पनि बताइन्छ । के साँच्चिकै ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो बर्वादी आफैले तय गर्नु हो त ? जान्नका लागी हेर्नैपर्ने हुन्छ चलचित्र 'MY Own Graveyard' ।
चलचित्रलाई 'Don't do drug Don't dig your own graveyard' भन्ने स्लोगनका साथ निर्माण गरिएको जनाइएको छ । यस्तै निर्माण पक्षले चलचित्र ड्रग्स बिरुद्धको आवाज भएको जनाएको छ । अनुप गिरी निर्देशित करिब ३० मिनेटको छोटो चलचित्र 'MY Own Graveyard' को पचास पतिशत प्राबिधिक कार्य सकिएको छ ।
निर्देशक गिरी आफैले लेखेको कथामा चलचित्रको निर्देशन गरेका थिए भने चलचित्रमा उनी आफैले क्यामरा चलाएका छन् । यति मात्र कहाँ हो र ? अहिले चलचित्रको सम्पादन पनि उनि आफैले गरी रहेका छन् । उज्वला केसीको सह निर्देशन रहेको चलचित्रको मुख्य भुमिकामा किरण खनालले अभिनय गरेका छन् । चलचित्रको बाकीँ काम भै रहेको निर्देशक गिरीले जानकारी दिएका छन् ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
चलचित्रमा ड्रग्स बिरुद्धको आवाज
फिल्मीखबर, काठमाण्डौ, 2011/07/13
- चैत ६ र ७ मा भक्तपुर फिल्म महोत्सव हुने, २४ फिल्म देखाइने
- ‘राम नाम सत्य’को टिजरमा विराजको हिंसक रूप
- फिल्ममा इच्छामृत्युको कथा : नेपालमा ‘मंगलम’, भारतमा ‘गुजारिश’
- रोश्नीको ‘लालिमा’ले कति पायो शो ?
- नीर शाहले २३ दिनमा सकाए ‘कमला मिस’को छायांकन
- बदलाको कथामा ‘मुक्तिपुर’ बन्ने, मुख्य भूमिकामा नाजिर
- रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’को छायांकन
- प्रकाश सांसद बन्ने निश्चित भएसँगै रिलिज भयो ‘परालको आगो’को टिजर
- पलको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो ‘आ बाट आमा’
- आँचलको ‘एक मुठ्ठी बादल’ जेठ १ मा आउने

