शहरको मुख्य समस्या नै ड्रग्स हो भन्ने कुराहरु उठिरहँदा ड्रग्समा बढी युवा युवती फसिरहेको भन्ने खवरहरु पनि आइनैरहेका छन् । त्यसो त ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो वर्वादी आफैले तय गर्नु भएको पनि बताइन्छ । के साँच्चिकै ड्रग्स प्रयोग गर्नु भनेको आफ्नो बर्वादी आफैले तय गर्नु हो त ? जान्नका लागी हेर्नैपर्ने हुन्छ चलचित्र 'MY Own Graveyard' ।
चलचित्रलाई 'Don't do drug Don't dig your own graveyard' भन्ने स्लोगनका साथ निर्माण गरिएको जनाइएको छ । यस्तै निर्माण पक्षले चलचित्र ड्रग्स बिरुद्धको आवाज भएको जनाएको छ । अनुप गिरी निर्देशित करिब ३० मिनेटको छोटो चलचित्र 'MY Own Graveyard' को पचास पतिशत प्राबिधिक कार्य सकिएको छ ।
निर्देशक गिरी आफैले लेखेको कथामा चलचित्रको निर्देशन गरेका थिए भने चलचित्रमा उनी आफैले क्यामरा चलाएका छन् । यति मात्र कहाँ हो र ? अहिले चलचित्रको सम्पादन पनि उनि आफैले गरी रहेका छन् । उज्वला केसीको सह निर्देशन रहेको चलचित्रको मुख्य भुमिकामा किरण खनालले अभिनय गरेका छन् । चलचित्रको बाकीँ काम भै रहेको निर्देशक गिरीले जानकारी दिएका छन् ।
मिति : २०८२ वैशाख २०, शनिवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
चलचित्रमा ड्रग्स बिरुद्धको आवाज
फिल्मीखबर, काठमाण्डौ, 2011/07/13
- नेपाली र हिन्दी भाषामा रिलिज हुने ‘अभिमन्यु’ २५ दिनमा प्याकअप
- ‘यो मन त मेरो नेपाली हो’को खैँजडी गीत रिलिज
- ‘के घर के डेरा २’को ट्रेलरमा घरधनी र डेरावालको कथा
- ‘झिल्को’ टिमसँग वर्षा असन्तुष्ट, लेख्छिन्, ‘कलाकार मात्रैले केही गर्न सक्दैन’
- ‘ऊनको स्वीटर साँझ’ : धरानमा ६ हजार दर्शकमाझ गुञ्जिए सुजन
- ‘अञ्जिला’ले मनायो ५१ औँ दिन, कमाइ साढे ८ करोडमाथि
- वर्षाको ‘झिल्को’ हलमा, अकुपेन्सी २ प्रतिशतभन्दा तल
- ‘जार’मा आठ मिनेटको बाघका लागि दुई करोड खर्च
- ‘होस्टेल ३’पछि पारसलाई फिल्म अफरको ओइरो
- ‘जन्ते बाख्रो’को नयाँ पोस्टरमा के छ ?