मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रको विकासका लागि सुदुरपश्चिमेली पत्रकार एकजुट

श्रवण देउवा, कैलाली, 2011/07/10

सुदुरपश्चिमका कला साहित्य एवं समग्र चलचित्रको विकास विस्तार एवं सम्भावनाको खोजी गर्ने अठोट राखेर यस क्षेत्रका सञ्चारकर्मीहरु एकजुट भएका छन् । उनीहरु नेपाल चलचित्र पत्रकार संघ सुदुरपश्चिम क्षेत्रीय समिति गठन गरी चलचित्र क्षेत्रको विकासका लागि अग्रसर भएका हुन् ।

 

शनिबार धनगढीमा भएको संञ्चारकर्मीहरुको भेलाले भवानी रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती चयन गरेको छ । समितीको उपाध्यक्षमा भीम चौधरी, महासचिवमा श्रवण देउवा, सचिवमा अविनास दहित र कोषाध्यक्षमा सीताराम ओझा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भानुभक्त आचार्य, करन बाँनिया, विरेन्द्र भण्डारी र युवराज न्यौपानेलाई छनोट गरिएको छ । समिती गठनपछि अध्यक्ष रेग्मीले चलचित्र क्षेत्रलाई हरेक दृष्टिकोणबाट सहयोग गर्ने बताउदै रंग क्षेत्रको पनि विकास, विस्तार र सम्भावनाहरुको खोजी गर्ने बताए ।


भेलाले चार सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ । सल्लाहकारमा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाह, जोशी टाकिजका संञ्चालक जुजुकाजी श्रेष्ठ, चन्दन टाकिजका सञ्चालक बब्लु अहमद र सुप कला प्रतिष्ठानका अध्यक्ष राजकुमार जोशी रहेका छन् । चलचित्र पत्रकार संघले छिट्टै सुपका सबै हल संञ्चालकसंग मिलेर अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।