पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको सुटिङ डेट सरेको छ । असार १५ गतेबाट सुटिङमा जाने भनिएको चलचित्रको अब भदौको पहिलो साता मात्र छायाँकनमा थालिने छ ।
कलाकार उत्तम केसीले निर्देशक लय संग्रौलासंग मिलेर निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन संग्रौलाले गर्ने छन् । तर निर्देशन संग्रौला अहिले टेली सिरियलमा ब्यस्त भएका कारण यो चलचित्रको छायाँकन समय पछाडी सारेको निर्माता केसीले जनाएका छन् । केसीका अनुसार चलचित्रको छायाँकन पछाडी सार्नुको मुख्य कारण निर्देशकको डेट भन्दा पनि नायकको डेट नमिलेकोले रहेछ । यसका नायक सुमन सिंह ब्यस्त भएको र उनले भदौ अघि समय दिन नसक्ने जनाएका कारण चलचित्रको छायाँकन समय पछाडी सारिएको हो ।
९० प्रतिशत पुरुषहरुको चरित्रमा आधारित हुने भनिएको यस चलचित्रको कथा र गीत निर्देशक संग्रौला कै छ । सुमन सिंह प्रमुख पात्रको रुपमा चलचित्रमा प्रस्तुत हुने जानकारी दिदै केसीले बिश्वका लोग्ने मान्छेको चरित्रलाई नायक सुमनले पर्दा मार्फत प्रस्तुत गर्ने जानकारी गराए । सुमनका अलवा चलचित्रमा नायिका झरना थापा र सिर्जना बस्नेत पनि मुख्य भुमिकामा देखिने छन् । चलचित्रको छायाँकन काठमाडौमा नै गरीने छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
हिरो कुर्दै लोग्ने मान्छे
फिल्मीखबर, काठमाण्डौ, 2011/07/09
- चैत ६ र ७ मा भक्तपुर फिल्म महोत्सव हुने, २४ फिल्म देखाइने
- ‘राम नाम सत्य’को टिजरमा विराजको हिंसक रूप
- फिल्ममा इच्छामृत्युको कथा : नेपालमा ‘मंगलम’, भारतमा ‘गुजारिश’
- रोश्नीको ‘लालिमा’ले कति पायो शो ?
- नीर शाहले २३ दिनमा सकाए ‘कमला मिस’को छायांकन
- बदलाको कथामा ‘मुक्तिपुर’ बन्ने, मुख्य भूमिकामा नाजिर
- रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’को छायांकन
- प्रकाश सांसद बन्ने निश्चित भएसँगै रिलिज भयो ‘परालको आगो’को टिजर
- पलको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो ‘आ बाट आमा’
- आँचलको ‘एक मुठ्ठी बादल’ जेठ १ मा आउने

