पुरुषहरुको चरित्रलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको चलचित्र लोग्ने मान्छेको सुटिङ डेट सरेको छ । असार १५ गतेबाट सुटिङमा जाने भनिएको चलचित्रको अब भदौको पहिलो साता मात्र छायाँकनमा थालिने छ ।
कलाकार उत्तम केसीले निर्देशक लय संग्रौलासंग मिलेर निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन संग्रौलाले गर्ने छन् । तर निर्देशन संग्रौला अहिले टेली सिरियलमा ब्यस्त भएका कारण यो चलचित्रको छायाँकन समय पछाडी सारेको निर्माता केसीले जनाएका छन् । केसीका अनुसार चलचित्रको छायाँकन पछाडी सार्नुको मुख्य कारण निर्देशकको डेट भन्दा पनि नायकको डेट नमिलेकोले रहेछ । यसका नायक सुमन सिंह ब्यस्त भएको र उनले भदौ अघि समय दिन नसक्ने जनाएका कारण चलचित्रको छायाँकन समय पछाडी सारिएको हो ।
९० प्रतिशत पुरुषहरुको चरित्रमा आधारित हुने भनिएको यस चलचित्रको कथा र गीत निर्देशक संग्रौला कै छ । सुमन सिंह प्रमुख पात्रको रुपमा चलचित्रमा प्रस्तुत हुने जानकारी दिदै केसीले बिश्वका लोग्ने मान्छेको चरित्रलाई नायक सुमनले पर्दा मार्फत प्रस्तुत गर्ने जानकारी गराए । सुमनका अलवा चलचित्रमा नायिका झरना थापा र सिर्जना बस्नेत पनि मुख्य भुमिकामा देखिने छन् । चलचित्रको छायाँकन काठमाडौमा नै गरीने छ ।
मिति : २०८२ वैशाख २१, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
हिरो कुर्दै लोग्ने मान्छे
फिल्मीखबर, काठमाण्डौ, 2011/07/09
- नेपाली र हिन्दी भाषामा रिलिज हुने ‘अभिमन्यु’ २५ दिनमा प्याकअप
- ‘यो मन त मेरो नेपाली हो’को खैँजडी गीत रिलिज
- ‘के घर के डेरा २’को ट्रेलरमा घरधनी र डेरावालको कथा
- ‘झिल्को’ टिमसँग वर्षा असन्तुष्ट, लेख्छिन्, ‘कलाकार मात्रैले केही गर्न सक्दैन’
- ‘ऊनको स्वीटर साँझ’ : धरानमा ६ हजार दर्शकमाझ गुञ्जिए सुजन
- ‘अञ्जिला’ले मनायो ५१ औँ दिन, कमाइ साढे ८ करोडमाथि
- वर्षाको ‘झिल्को’ हलमा, अकुपेन्सी २ प्रतिशतभन्दा तल
- ‘जार’मा आठ मिनेटको बाघका लागि दुई करोड खर्च
- ‘होस्टेल ३’पछि पारसलाई फिल्म अफरको ओइरो
- ‘जन्ते बाख्रो’को नयाँ पोस्टरमा के छ ?
Most Visited News (monthly)