मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पार्टनर कुलेखानी प्रस्थान

फिल्मीखबर, काठमाण्डौ, 2011/06/15

चलचित्र पार्टनरको सुटिङ युनिट आज कुलेखानी गएको छ । केही दिन देखि काठमाडौका बिभिन्न स्थानहरुमा छायाँकन भएको सो चलचित्रको युनिट थप छायाँकनका लागी आज कुलेखानी गएको हो ।


त्रिकोणत्मक प्रेमकथा आधारित रहेर निर्माण शुरू गरिएको सो चलचित्रका पिकनिकको दृष्य रहेकाले कुलेखानीमा पिकनिकको दृष्य छायाँकन गर्न हिडेको युनिटको भनाई छ । काठमाडौका पिकनिक स्पटहरु धेरै चलचित्रमा दोहोरीएको भन्दै केही नयाँ लोकेशनको खोजी गर्ने क्रममा कुलेखानी हिडेको बताउदै निर्देशक एन बि महर्जनले त्यहाँको दृष्यहरु लभ सिनका लागी समेत सुट हुने हुँदा गीतको छायाँकन पनि गर्न सकिने जनाए । 


पछिल्ला केही दिनहरुमा इन्डोर छायाँकनका लागी जोरपाटी स्थित चापागाई स्टुडियो पुगेको युनिटले दिन रात काम गरीरहेको बताएको छ । बिहान ७/८ बजे स्पटमा पुगे पछि राती कतिबेला प्याकअप हुन्छ यसै भन्न सकिने स्थिति छैन । केही दिन देखि निरन्तर रात दिन काम गरीरहेको यो युनिटले हिजो पनि राती झण्डै १ बजे सम्म छायाँकन गरेको थियो । धेरै समय लगाएर खर्च बढाउनु भन्दा केहि दिन मेहनत गरेमा चाँडो काम सकिने र छिटो आराम पनि गर्न पाईने निर्देशकको भनाई छ ।


जयकिशन बस्नेतको प्रस्तुति रहेको उक्त चलचित्रमा जयकिशनका साथै रेजिना उप्रेती, सुनिल थापा, दिनेश डिसी, दिनेश शर्मा, अर्जुन कार्की, शोभित बस्नेत, ज्योत्सना भट्ट, जेसिका खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।  ट्रेन्डी फिल्मस् प्रालिको व्यानरमा निर्माण भईरहेको सो चलचित्रलाई मदन ताम्राकारले निर्माण गर्न लागेका हुन् । चेतन सापकोटा र मनोजराज भण्डारीको संगीत रहेको सो चलचित्रमा गणेश श्रेष्ठको छायाँकन रहेको छ भने चलचित्रको कथा प्रस्तुतकर्ता तथा कलाकार जयकिशन बस्नेत कै रहेको छ ।