मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'के यो माया हो' को गीत र प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2011/06/11

प्रदर्शनको क्रम नजिकिंदै गर्दा चलचित्र 'के यो माया हो' को युनिटले प्रचारप्रसारलाई तिब्र पारेको छ । यहि क्रममा युनिटले आफ्नो चलचित्रको एक गीत र प्रोमो फिल्मीखबर डटकम मार्फत सार्वजनिक गरेको छ । यसअघि चलचित्रको एउटा गीत टेलिभिजनहरू मार्फत सार्वजनिक गरिएको भएपनि फिल्मीखबरको लोकप्रियतालाई मध्यनजर गर्दै चलचित्रको अर्को फ्रेस गीत र प्रोमो सार्वजनिक गरिएको निर्माण युनिटको भनाई छ । 

 

सार्वजनिक गरिएको गीतमा सुगम पोखरेलको संगीत, सनुप पौडेल र रजिना रिमालको स्वर, भुपेन्द्र खड्काको गीत तथा अनुप कोईरालाको कोरियोग्राफी रहेको सो गीतमा आर्यन सिक्देल र सुष्मा कार्कीले अभिनय गरेका छन् । साउन २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो चलचित्रको अन्य गीत र प्रोमो पनि केहि समयपछि सार्वजनिक गरिने बताईएको छ ।

 

यसअघि मेरो एउटा साथी छ चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्र 'के यो माया हो' लाई पोखरेली निर्मातात्रय सुरेश पहारी, शंकर गुरूङ र गौरभ हिराचनले निर्माण गरेका हुन् । एसजिएस इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको सो चलचित्रमा आर्यन सिक्देल र सुष्मा कार्कीको साथमा अरूणिमा लम्साल र सौगात मल्लको पनि मुख्य अभिनय रहेको छ ।

 

पोखरा र जोमसोमका रमणिय स्थलमा छायाँकन गरिएको चलचित्र 'के यो माया हो' ले  विवाहअगाडि युवायुवतीसँगै बस्दा र विवाह गर्नुपर्दा आउने समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्देश दिन खोजेको निर्देशक थापाले जानकारी दिए । उनले भने, 'यो चलचित्र युवापुस्तालाई मध्य नजर गरेर निर्माण गरिएको प्रेममय चलचित्र हो ।'

 

सुगम पोखरेलको संगीत, एनबि महर्जनको द्वन्द्व, भारतीय लेखक निरज विक्रमको पटकथा र संवाद, अनुप कोईरालाको नृत्य र राजेश श्रेष्ठको छायांकन रहेको सो चलचित्र पछिल्लो समयमा निर्माण भएका चलचित्रहरू मध्येको धेरै लगानी भएको चलचित्रको रूपमा लिईएको छ । त्यसैले यो चलचित्रलाई निर्देशक थापाले निकै महत्वकांक्षी चलचित्रको रूपमा लिएका छन् ।