मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घिमिरेले 'माया गर ल' बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2011/05/31

करिब १७ बर्ष अगाडी 'आमाको माया' नामक चलचित्र निर्देशन गरेर रजतपटमा प्रबेश गरेका निर्देशक मदन घिमिरेले आफ्नै लगानीमा चलचित्र निर्माण गर्दैछन् । यस अघि रामकेशर बोगटीसँग मिलेर 'स्वाभिमान' नामक चलचित्र निर्माण गरेका घिमिरेले यस पटक 'माया गर ल' नामक चलचित्र निर्माण गर्दै छन् र चलचित्रको निर्देशन पनि आँफैले गर्ने भएका छन् ।

 

हाल 'म छु नि तिम्रो' को डबिङमा रहेका उनले आफैले निर्माण गर्न लागेको चलचित्र 'माया गर ल' को गीत रेकर्डिङको काम सुरु भै सकेको जानकारी दिए । फिल्मीखबरसँग कुरा गर्दै घिमिरेले भने, 'सुरेश अधिकारीको संगीत रहने यो चलचित्रको हाल एरेन्जर फणिन्द्र राईको स्टुडियोमा म्यूजिकको काम भै रहेको छ ।' ४ वटा गित रहने जानकारी दिदै उनले तिन वटा गीत आफैले लेखेको र एउटामा शंकर अधिकारी 'घायल' को शब्द रहेको जनाए । केही दिनमा भोकल हालिने भन्दै उनले शुरेस अधिकारीले उत्कृष्ट संगित तयार पारेको समेत दाबी गरे ।

 

एक हप्तामा 'म छु नि तिम्रो' को काम सकिने जानकारी दिदै उनले त्यस पछि 'माया गर ल' को काम तिब्र गतिमा अगाडी बढाउने जानकारी दिएका छन । होम प्रोडक्सनमा निर्माण गर्न लागिएको यो चलचित्रमा कलाकारहरु भने प्राय नयाँ रहने उनले बताए । अहिले सम्म कुनै कलाकार पनि फाइनल भै नसकेको जानकारी दिंदै घिमिरेले भने, 'नायकको रूपमा जीवन लुईटेल र अतिथी भुमिकामा रेखा थापासँग कुरा भईरहेको छ ।'  असार पहिलो साताबाट छाँयाकनमा जाने जानकारी दिदै उनले चलचित्रको बजेट घटाउन नयाँ कलाकारलाई प्राथमिकता दिएको समेत जनाए ।


अहिले सम्म कुनै कलाकारसँग एग्रिमेन्ट नगरेको भन्दै घिमिरेले क्यामेरा म्यानको रूपमा शम्भु सापकोटालाई नै लिने बताए । एहेरूञ्जेल मात्र राम्रो हुने भएकाले यस पटक आफूले लभ स्टोरी चलचित्र निर्माण गर्न लागेको घिमिरेको भनाई छ । उनको लभ स्टोरी चलचित्र 'माया गर ल' को कथा र संबाद शिबम अधिकारीले लेखेका छन् ।