मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृषालाई रूवाए सबिरले

फिल्मीखबर, काठमाण्डौ, 2011/03/30

निर्माता कृषा चौलागाईंलाई निर्देशक रामराजा दाहालले रूवाएको दुई बर्ष बित्न नपाउँदै उनलाई अर्का निर्देशक सबिर श्रेष्ठले पनि रूवाएका छन् । हुनत सबिरले कृषालाई न पिटेका छन् नत चित्त दुख्ने गरि नै कुनै कुरा भनेका छन् र पनि कृषा भने रोईन् ।
 

बैशाखको दोस्रो साताबाट छायाँकन शुरू गर्न लागिएको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' की निर्माता चौलागाईंलाई सोही चलचित्रलाई निर्देशन गर्न लागेका निर्देशक श्रेष्ठले रूवाएपछि उनको मन भने कत्ति पनि दुखेन । उल्टो उनी खुसी भईन् । अचम्म मान्नु पर्दैन । किनकी सबिरले निर्देशन गरेको चलचित्र 'इशारा' हेरेर कृषा रोएकी हुन् ।


निर्माता कृषा सहित 'इशारा' का निर्माता अरूण रेग्मी, उनकी श्रीमती लगायतका आधा दर्जन आफ्ना निकटका साथीहरूलाई सबिरले आफूले निर्देशन गरेको चलचित्र देखाएका थिए । अनामनगर स्थित सफ्ट इमेजमा चलचित्र हेरिरहेकी निर्माता कृषा मात्र नभएर अरू पनि रोएका थिए । तर अरू भन्दा बढि कृषा नै रोएकी थिईन् । चलचित्र हेरिसकेपछि रूंदै निर्माता कृषाले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिईन् । चलचित्र हेरेर जो कोही पनि रून सक्ने कृषाले बताईन् । उनी मात्र हैन चलचित्र हेरेका सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए र उनीहरूले सबिरको प्रशंसा समेत गर्न भ्याए ।


नायिका उमा बेबी र अरूण रेग्मीले निर्माण गरेको सो चलचित्रको पहिलो शो आगामी अप्रिल महिनाको सात तारिखका दिन सिक्किममा हुँदैछ । सिक्किमको बाज्रा सिनेमा हलमा प्रदर्शन हुन लागेको सो चलचित्रको प्रिमियर शोमा सिक्किममा मुख्य मन्त्रि पवन चाम्लिङको उपस्थिती रहने निर्देशक श्रेष्ठले जानकारी दिए । साथै सो प्रिमियर शोमा निर्देशक श्रेष्ठ, नायकद्वय भुपेन चन्द र उत्तम प्रधान र नायिका तथा निर्माता उमा बेबी पनि सहभागी हुने भएका छन् ।