मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वीर दाङ जाँदै

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/25

चलचित्र निर्देशनमा सधै व्यस्त भइरहने निर्देशक दिपक श्रेष्ठ आफ्नो नयाँ चलचित्र वीरको छायांकनको लागि चैत्र १३ गते आइतबार दाङ जादैछन् । निर्माताहरु दाङकै भएको कारण छायांकनको प्रारम्भ पनि दाङबाट नै हुन लागेको निर्देशक श्रेष्ठले जानकारी दिए । चलचित्र वुवाआमाका निर्माता योगि र रम्भा २ जना मिलेर निर्माण गर्ने बताइएको छ ।

 

गत वर्ष वलिउमा चलचित्र वीर रिलिज भएको थियो ।  उक्त चलचित्रमा नायक सलमान खानले  वीरको भूमिका निर्वाह गरेका थिए भने बन्दै गरेको नेपाली चलचित्र वीरमा भने वीरको भूमिकामा नयाँ नायक अमिर राज आउने भएका छन्  ।  चलचित्र वीरमा नायीका रेखा थापा, कल्पना शाहिले पनि अभिनय गर्दैछन् । दिपक श्रेष्ठ र रेखा थापा बिचको मनमुटाब यसै चलचित्रबाट फेरि प्रगाढ हुने भएको छ । चलचित्र वीर पछि दिपकले रेखा थापाको चलचित्र हकिकतको निर्देशन गर्दैछन् । हकिकतको भने कलाकार तय भइसकेको छैन । 

 


हिन्दि चलचित्र वीरका सलमान खान सम्झिरहेका नेपाली दर्शकले यो चलचित्रका वीर अमिर राजलाई कतिको याद गर्ने हुन् त्यो त भबिष्यमा पक्कै थाहा भइहाल्ने छ । सदैव नयाँ अनुहारको खोजि गर्ने निर्देशक दिपक श्रेष्ठको यो चलचित्रले सफलता पाओस् र अमिर राज पनि नेपाली चलचित्र उद्योगमा स्थापित हुन सकुन्  फिल्मीखबर डटकम यहि शुभेच्छा प्रकट गर्दछ ।