मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबिरको हातमा पाँच चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2011/03/01

रेखा फिल्म्सको चलचित्र 'कसले चोर्‍यो मेरो मन’ व्यावसायिक रूपमा सफल मानिएपछि निर्देशक सबिर श्रेष्ठले राम्रै चर्चा पाए । 'कसले चोर्‍यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक श्रेष्ठको काम देखेर अधिकांश चलचित्रकर्मीले उनको कामको खुलेर प्रशंसा गरे ।

 

चारैतिरबाट उनले प्रसंसा मात्र पाएनन् कि उनलाई निर्माताहरूले चलचित्र बनाईदिनु पर्‍यो भन्दै घेर्न पनि थाले । 'कसले चोर्‍यो मेरो मन' चर्चा सेलाउन नपाउँदै नायिका उमा बेबीले आफ्नो चलचित्र 'इशारा' बनाउन आग्रह गरिन र उनले उमाको प्रस्तावलाई सहर्ष स्विकारे । पोष्टप्रोडक्सनमा रहेको सो चलचित्रबाट पनि धेरैले सबिरको राम्रो कामको आश गरेका छन् ।

 

नेपाली चलचित्रमा सहायक निर्देशक भई १० बर्ष बिताएर छबि ओझाको 'कसले चोर्‍यो मेरो मन' र उमा बेबीको 'इशारा' निर्देशन गरिसकेका निर्देशक श्रेष्ठको हातमा अहिले पाँच चलचित्र छन् । कृषा चौलागाईं, छबिराज ओझा, निरज ढकाल, सुनिल रावल र यश कुमार गरि पाँच निर्माताका चलचित्र निर्देशन गर्न उनले बचन दिई सकेका छन् । यि पाँच वटै निर्माताको चलचित्र मध्ये सबिरले शुरूमा कृषाको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' निर्देशन गर्ने तयारीमा छन् । यदि कारणबस कृषाको चलचित्र छायाँकन गर्न ढिलाई भएमा उनले छबिको चलचित्र निर्देशन गर्ने बुझिएको छ । कृषा र छबिको चलचित्र निर्देशन गरे लगत्तै क्रमश निरज, यश र सुनिलको चलचित्र निर्देशन गर्ने सबिरले बताए ।

 

सबिरका अनुसार अन्य थुप्रै निर्माताहरूले पनि चलचित्र निर्देशन गर्ने प्रस्ताव गरेका छन् । तर काम पाएँ भन्दैमा जस्तो पायो त्यस्तो काम गर्न आफूलाई मन नलाग्ने यि निर्देशकको भनाई छ । उनी भन्छन्, 'बरू बर्षमा एउटा मात्र चलचित्र निर्देशन गर्छु तर राम्रो गर्छु ।'