मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

के म तिम्रो साथी बन्न सक्छु ?

फिल्मीखबर, काठमाण्डौ, 2011/02/08

इन्साफ र कसम हजुरको चलचित्र निर्माण गरि सकेकी निर्माता कृषा चौलागाईले तेस्रो प्रोजेक्टको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु ?' निर्माण गर्न लागेकी छिन् । कस्ले चोर्‍यो मेरो मन र इशारा निर्देशन गरिसकेका निर्देशक सबिर श्रेष्ठले यस चलचित्रलाई निर्देशन गर्दैछन् । उनको पनि यो चलचित्र तेस्रो प्रोजेक्ट हो ।

 

सांगितीक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको मंगलबारबाट राजधानीको ड्रिम्स रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ कार्य शुरू गरिएको छ । मंगलबार प्रमोद ढुंगानाको शब्द र दिनेश सुनामको संगीतमा गायक स्वरूपराज आचार्यले गीत रेकर्डिङ गरे । चलचित्रमा पाँच वटा गीत समावेश गरिने भएको छ । ती गीतहरूमा राजेश पायल राई, स्वरूपराज आचार्य, दिपक लिम्बु, सनुप पौडेल र अञ्जु पन्तले स्वर दिने भएका छन् । चलचित्रका चार गीत प्रमोद ढुंगानाले लेखेका छन् भने एउटा गीत निर्देशक श्रेष्ठले लेखेका छन् । सबै गीतमा दिनेश सुनामको संगीत रहेको छ ।

 

चलचित्रको मुख्य भुमिकामा देखिन लागेका नायक आर्यन सिक्देल यस चलचित्रको कथा र संगीत मन परेकोले गीत रेकर्डिङ देखिनै चलचित्रलाई निकै चासोको रूपमा लिएको निर्देशकको भनाई छ । जुन कुरालाई नायक पनि स्विकार्छन् ।

 

शिबम् अधिकारीको कथा रहेको सो चलचित्रमा अभिनय गर्ने नायिकाको भने टुंगो लागेको छैन् । निर्देशक श्रेष्ठ अहिले नायक आर्यनसँग सुहाउदो नवनायिकाको खोजीमा छन् । चलचित्रको छायाँकन फाल्गुनको अन्तिम साताबाट गरिने बताईएको छ ।