
गएको शुत्रबारबाट प्रदर्शनमा आएको योगेश घिमिरे निर्देशित चलचित्र न बिर्सें तिमीलाई न पाएँ तिमीलाईु हेर्न महिला दर्शकको उपस्थिति ज्यादा देखिएको छ । यस अघि पनि दुई चलचित्र निर्माण गरिसकेकी निर्माता प्रज्ञा जोशीको चलचित्र सपुतलाई पुरूष दर्शकले ज्यादा रूचाएका थिए ।
थोरै बजेटमा सामान्य ढङ्गमा निर्माण गरिएको उक्त चलचित्रमा नाच्न चाहाने केटीको कथालाई समावेश गरिएको छ । जसमा नायिका झरना थापाले अपाङ्ग केन्दीय पात्र भएर अभिनय गरेकी छिन् । जस अनुरूप पनि महिला दर्शकले आफ्नो चलचित्रलाई ज्यादा रूचाएको निर्माता तथा सो चलचित्रको कलाकार समेत रहेकी जोशीको भनाई छ । दुई पुरूष साथीको बीचमा एक महिला साथी भैदिदा उत्पन्न हुने यथार्थ समस्या उक्त चलचित्रमा देखाईएकाले दर्शकको मन जित्न सफल भएको यूनिटको दाबी छ ।
अपेक्षा भन्दा ब्यापार राम्रो भएपछी निर्माता जोशीको दौडधुप निकै बढेको छ । उनले बताएअनुसार पहिलो दिन शुक्रबारको भन्दा हिजो आईतबारको सेल निकै राम्रो भएको हो । यस्तै देश भर प्रदर्शनमा रहेको सो चलचित्रको प्रोमोशन गर्न भोली मंगलबार उनी पूर्वाञ्चल जादैछिन् ।