
स्पाईनल कर्डको समस्याको कारण लामो समय देखि अस्पतालको शैयमा रहेका पार्श्व गायक कुमार कान्छालाई आईसियूमा भर्ना गरिएको छ ।
फिल्मीखबरलाई दिएको जानकारी अनुसार दुई दिन अघि अकस्मात उनको टाउकोमा समस्या देखिएपछी अस्पताल प्रशासनले कान्छालाई आईसियूमा भर्ना गरिदिएको हो । उनी हाल मुम्बईको रईजा अस्पतालमा छन् । एक्कासि टाउकोमा समस्या देखिएपछी आईसियूमा भर्ना गरिएका कान्छालाई यकिनरूपमा के भएको भन्ने बारेमा उपचारमा संग्लन डाक्टरहरूले कुनै प्रतिक्रिया नदिएको पारिवारिक स्रोतलाई उद्धित गर्दै नायिका नम्रता श्रेष्ठले फिल्मीखबरलाई जानकारी दिएकी छिन् ।
नम्रताले केही साता अघि आफूले आयोजना गरेको एक कर्न्सटबाट उठेको रकम कान्छालाई सहयोग गरेकी थिईन् । यस्तै कान्छाको उपचारलाई सहज बनाउन एसएमएस मार्फत आर्थिक रकम सहयोग गरिरहेको कुमार कान्छा स्वास्थ्य उपचार सहयोग समितिले सो अभियान केही दिनमै बन्द गरी उठेको सम्पूर्ण रकम कान्छाको खातामा जम्मा गरिदिने बताएको छ । यस्तै अकस्मात आईसियूमा भर्ना गरिएका कान्छाको अवस्था जतिवेला पनि तलमाथि हुन सक्ने बताईएको छ ।