२०६८ सालको दशै सम्ममा आफूले निर्देशकको समेत परिचय बनाउने अठोट ब्यक्त गरेका महानायक राजेश हमालले फिल्म निर्देशन गर्न सक्छन कि सक्दैनन भन्ने बिषयमा फिल्मीखबरले राखेको अनलाईन भोटिङ्ग पोलमा ७३ प्रतिशतले उनी निर्देशक बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
बुधबार बिहान सम्मको यो नतिजामा जम्मा २२ सय ४३ जनाले विभिन्न पाँचवटा अप्सनमा महानायकलाई मूल्याकंन गरेका थिए । जस मध्ये उनी शत प्रतिशत निर्देशक बन्न सक्ने पोलमा सबै भन्दा धेरै १६४० जना अर्थात ७३ दशमलव १६ प्रतिशले भोटिङ्ग गरी भविष्यको राम्रो निर्देशक बन्न सक्ने खुवी हमालमा रहेको भोटिङ्ग मार्फत विश्वास ब्यक्त गरेका हुन । त्यसपछी दोस्रो नम्बरमा शून्य प्रतिशतको पोलमा हमाललाई पाठकले ३ सय ५ भोट दिएका छन् । सो पोल मार्फत उनलाई केहीले निर्देशक बन्न सक्दैनन भनेर मूल्याकंन गरेका हुन ।
यस्तै तेस्रोमा उनलाई ८ दशमलव ११ प्रतिशत १ सय ८१ मत दिदै उनीमा निर्देशक बन्ने छमता पचहत्तर प्रशितत रहेको तथा चौथोमा ७६ मत दिदै पचास प्रतिशत र पाँचौमा सवै भन्दा कम पच्चिस प्रतिशतको पोलमा ३७ जनाले मत दिदै महानायकको मूल्याकंन गरेका छन् । यसर्थमा हेर्दा प्राप्त भएको सवै मत मध्ये सबै भन्दा धेरै ७३ प्रतिशतले हमाल राम्रो निर्देशक बन्न सक्ने मूल्याकंन पाठकले गरेका हुन ।
दुई दशकभन्दा बढी अभिनय यात्रामा स्थापित नायकको परिचय बनाएका हमालले अनुभवको आधारमा निर्देशक बन्ने रहर ब्यक्त गरेका थिए । जस अनुरूप केहीसाता अघि फिल्मीखबरसमक्ष आगामी दशै सम्ममा फिल्म निर्देशन गर्ने बताएका थिए । आशा गरौ भोटिङ्ग पोल मार्फत राम्रो निर्देशक बन्ने मूल्याकंन पाएका हमालले आगामी दशै पछी नेपाली दर्शकले खोजे जस्तै राम्रो चलचित्र निर्देशन गर्न सकुन ।

