Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बारमा हराईन् माया

फिल्मीखबर, काठमाण्डौ, 2011/01/08

दुई बर्षअघि सञ्चारकर्मी एवं चलचित्र निर्देशक दिनेश डीसीले आफ्नो निर्देशनमा तेस्रो चलचित्र मायाज् बार निर्माण गर्ने घोषणा गरेका थिए । जस अनुरूप उनले सो चलचित्रका लागि  मुख्य कलाकारमा  नायक अर्जुन कार्की र  रेखा थापालाई  समेत चयन  गरेका थिए ।  अनि त्यो प्रोजेक्टमा लगानी गर्न  वितरक समेत रहेका   निर्माता सुनिल मानन्धर पनि होस्टे हैस्टे गर्दै लागि परेका थिए ।

तर सवै कुरा हुदाँ हुदै पनि निर्देशक डीसीले तयार गर्ने भनेको सो फिल्म अन्तत: नबन्ने भएको छ । संयोगबस एक दोहोरी बारमा भेटिएका डीसीलाई ठट्यौली शैलीमा  कहाँ हराईन त तपाईकी माया भन्ने फिल्मीखबरको प्रश्नमा डीसीले भने 'अब बन्दैन यो फिल्म ।'


किन बन्दैन भन्ने अर्को प्रश्नमा डीसीले  पछिल्लो चरणमा आफ्नो व्यस्तता बढ्दै गएकाले फिल्म निर्देशन गर्न टाईम नभएको भन्दै चाहेर पनि निर्देशन गर्न नसक्ने बताए । यस्तै उता सो फिल्ममा लगानी गर्छु  भनेर कम्मर कसेका सुनिल मानन्धर भने दिनेशको भनाईलाई एकरत्ति मान्न तयार छैनन् । उनी भन्छन् 'दिनेशले भनेर हुन्छ ? त्यो फिल्म उसैले निर्देशन गर्नु पर्छ ।'  सो फिल्मको स्क्रिप्ट दिनेशले लेखेका हुन् ।

यो समय दिनेश डीसी टेलिभिजन रियालिटी शोमा व्यस्त  छन् भने केही दिन अघि मात्र उनले नयाँ टेलिभिजन च्यानल 'राजधानी टीभी '  र  एफएफ  'रेडियो राजधानी' जोइन गरेकाले उनको व्यस्तता  अझ बढेको छ । यस्तै नयाँ  कम्पनी जोइन गरेको खुशीमा व्यस्तता  निकै बढेको भन्दै उनी भन्दै थिए 'हराउने भईन मेरी माया ।'