
पछिल्लो चरणमा एक हप्तासम्म होल्ड ओभर कायम गर्न नसकेका नेपाली चलचित्रलाई पछि पार्दै तेस्रो हप्तामा पाईला बढाएको चलचित्र 'भगवान सवैको टिम'ले अर्को फिल्म निर्माण गर्ने निर्णय गरेको छ ।
रोज पिर्क्चर्स प्रालिको ब्यानरमा प्रदिप श्रेष्ठले निर्देशन गरेको एक्सन प्रधान सो फिल्मले अपेक्षा गरिए भन्दा ब्यापार राम्रो गरेकाले नयाँ फिल्म निर्माण गर्ने निर्णय गरेको सो टिमको भनाई छ । जस अनुरूप आज आईतबार बाट अर्को फिल्मको गीत रेकर्डिङ्ग कार्य पनि सो टिमले सुरू गरेको छ ।
आज पहिलो दिन सो चलचित्रका संगीतकार चेतन सापकोटा आफैले संगीत भरेको एक गीतमा स्वर दिएका छन् । भगवान सवैको का लेखक मौनता श्रेष्ठको लेखन रहेको उक्त फिल्म आगामी माघ अन्तिमबाट सुरू गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । प्रेम कथामा आधार भएर निर्माण गरिने नयाँ फिल्ममा को -को कलाकार राख्ने र कस्तो शिर्षक राख्ने भन्ने बारेमा फाईनल हुन नसकेको श्रेष्ठको भनाई छ ।
मेकिङ्गको हिसावले भारतीय चलचित्र वान्स अपन र्टाईमको निर्माण भन्दा अघि तर कथा बस्तु भने झण्डै उस्तै लाग्ने भगवान सवैकोमा राजेश हमाल मुख्य भूमिकामा छन् । जुन चलचित्र राजधानीको मुख्य सिनेमा घर विश्वज्योतीमा तेस्रो सातामा प्रदर्शन भै रहेको छ ।