
विश्वब्यापी चाड नयाँ बर्ष २०११ मा तपाईले आफ्नो शुभचिन्तक तथा सम्बन्धीत क्षेत्रलाई के उपहार दिनुभयो ? पक्कै पनि आफ्नो क्षमताले भ्याए सम्मको उपहार दिनु भयो होला ।
यस्तै उपहार नेपाली फिल्म इन्डष्ट्रीको लागि एक जना नेपाली तर बलिउडका केही फिल्ममा साहायक सम्पादक भएर काम गरेका कमल सिहंले पन्ध्र लाख बराबरको पोष्ट प्रोडक्सनका सवै काम गर्न मिल्ने स्टुडियो उपहार स्वरूप ल्याएका छन् । काठमाण्डौको नयाँबानेश्वरको थापागाँउमा अवस्थित सो स्टूडियोलाई निर्देशक शिव रेग्मी, श्याम भट्टराई र नायकद्धय श्रीकृष्ण श्रेष्ठ र रमित ढुङ्गानाको उपस्थितमा एक कन्या मार्फत शनिबार उदघाटन गरियो ।
शिर्डी साई भिज्यूल क्रिएशन प्रालि नामक उक्त स्टूडियोमा गीत रेकर्डिङ्ग देखि डबिङ्ग, मिक्सिङ, रेड सिने फोर के क्यामेराले खिचेको फिल्म सहित सवै प्रकारका फिचर फिल्मको सम्पादन सुविधा समेत उपब्लध भएको सञ्चालक सिहंको भनाई छ ।
पहिलो चरणको यो प्रयास सफल भए स्टुडियोलाई अझ भब्य बनाउने र नेपाली फिल्मलाई गुणस्तरता दिन आफ्नो तर्फबाट नयाँ-नयाँ प्रयास जारी राख्ने सिहंको भनाई छ ।