मिति : २०८२ वैशाख १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जनचेतना फैलाउँदै मोड्याल्नी

सन्तोष गौतम, म्याग्दी, 2011/01/01

मगर समुदायको जिवनशैली र रहनसहनलाई समेटेर चलचित्र 'मोड्याल्नी' अर्थात 'लोकन्ती' निर्माण भएको छ । नेपाली भाषामा बोलिने शब्द लोकन्तीलाई अठार मगरातमा बोलिने मगर खाम भाषामा मोडयाल्नी भनिन्छ ।

 

ध्रुब बुढाको निर्देशनमा निर्माण भएको चलचित्रमा मगर समुदायमा हुने जन्म, मृत्यु, बिवाह, छेवार लगायतका संस्कार समेटिएका छन् । चलचित्रले समाजमा कुष्ठरोगीलाई गरिने दुव्र्यवहार बिरुद्ध जनचेतना फैलाउने र मगर संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने निर्माण पक्षको दावी छ । एक जना कुष्ठरोगीको प्रेम, त्याग र समर्पणलाई सहज ढंगले प्रस्तुत गरिएको चलचित्र 'मोड्याल्नी' मगर र नेपाली दुवै भाषामा डबिङ गरिएको बताईएको छ । नमुना फिल्मस प्रालीले निर्माण गरेको चलचित्रले 'रोगीलाई घृणा होइन माया गर्नु पर्छ' भन्ने सन्देश बोकेको छ ।

 

चलचित्र मोडयाल्नी समाजलाई समुन्नत तर्फ उन्मुख गराउँदै सामाजिक अन्धविश्वास र कुरिती विरुद्ध कलाद्वारा शंखघोषमा उत्रिएको एउटा छायाँचित्र पनि भएको निर्देशक ध्रुब बुढाले बताए । अज्ञानताको कारणले डर छि: छि र दुर दुर का भारि बोकी बाँची रहेका कुष्ठरोगीहरु प्रति उत्तरदायित्व बोध गर्नका लागि समेत चलचित्र मोडयाल्नी महत्वपूर्ण भुमिका खेलेको निर्देशक बुढाले बताए ।

 

रुकुम, रोल्पा र ढोरपाटन क्षेत्रमा छायांकन गरिएको चलचित्रमा ध्रुब बुढामगर, शुशिला थापा मगर, रुपीलाल बुढा, जुना मगर, धने पुन मगरलगायतले अभिनय गरेका छन् । चलचित्रको पोखरा, दाङ, काठमाडौ र रुकुममा च्यारीटी सो गरिसकेको निर्देशक तथा नायक बुढाले बताउनुभयो । केही दिनमै म्याग्दी, बागलुङ, तनहुँ र बुटवलका सिनेमा घरमा चलचित्र प्रर्दशन हुने निर्माण पक्षले जनाएको छ ।