मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो पटक स्वर

विजय आवाज, काठमाण्डौ, 2010/12/28

जीवनमा जुन कुराको सुरुवात गरिन्छ, त्यो पहिलो पटक नै हुन्छ । पहिलो पटक गरेका हरेक क्रियाकलापवाट नै मानिसले धेरै कुरा सिक्दछ । नेपालमा चलचित्र वन्न थालेको आधा शताब्दी नै भएको छ । यहाँ धेरै कुराहरु पहिलो पटक नै गरिए होला । तर एउटै चलचित्रमा धेरै कुराहरु पहिलो पटक हुनु आफैमा अचम्म हो ।

एउटै चलचित्रमा पहिलो पटक धेरै कुराहरु पाउनु भनेको दुर्लभ जस्तै वन्न सक्दछ । तर यहि माघ १४ गतेवाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र स्वरमा यस्तै दुर्लभ समाचारीय सामाग्रीहरू विशेष अध्ययनबाट फिल्मीखबरले प्राप्त गरेको छ । चलचित्र स्वरवाट धेरै कुराहरु पहिलो पटक नेपाली चलचित्र क्षेत्रका लागी प्राप्त हुदैछ । यस्तो दुर्लभ सामाग्री फेला पर्नु आफैमा एउटा संयोग नै मान्नु पर्दछ ।

चलचित्र 'स्वर' का निर्देशक प्रसन्न पौडेल हुन् । प्रसन्नले थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरीसकेका छन् । यो चलचित्र उनले पहिलो पटक निर्देशन गरेका हुन् । अव चलचित्रका कलाकारको कुरा गरौ । चलचित्रमा राजबल्लभ कोइराला सहित केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल, अमित पोख्रेल, यशराज गरच र जोयस पाण्डले मुख्य भूमिकामा  अभिनय गरेका छन् । राज बाहेक यि सवै कलाकारले यो चलचित्रमा पहिलोपटक अभिनय गरेका हुन् । ६ जना नयाँ कलाकारकाले यसरी मुख्य भूमिकामा अभिनय गरेको  यो चलचित्र नै पहिलो पटक हुनसक्छ ।

यो चलचित्र सांगीतिक धारमा निर्माण भएको छ । चलचित्रमा भुपेन्द्र खड्काले सवै गीत लेखेका हुन् । उनले सानो संसार, फस्ट लभ, कोही मेरो जस्ता चलचित्रमा गीत कोरेका छन् । तर उनको एकल शब्द रहेको यो नै पहिलो चलचित्र हो । चलचित्रमा अर्को कुरा पनि पहिलोपटक भएको छ । चलचित्रमा सत्यस्वरुप र सुगम पोख्रेलले संयुक्त रुपमा पहिलोपटक संगीत दिएका हुन् ।

यतिमात्र होईन यो चलचित्रमा यि तीन जनाको एक्सपेरिमेन्टल कम्पोजिशन पनि रहेको छ, जुन पहिलो पटक नै हो । यो चलचित्रसँग जोडएको अर्को एक रोचक पक्ष छ । नेपाली रेडियोहरुमा नम्वर १ को पहिचान वनाएर करोडौ श्रोता कमाएको रेडियो कान्तिपुरले स्थापनाको वाह्र वर्षमा 'स्वर' चलचित्रका लागी पहिलो पटक मिडिया पार्टनर वनेको छ । यो आफैमा एउटा खुशीको कुरा पनि हो ।

चलचित्र स्वरमा साईलेन्स  इन्टरटेन्मेन्टको पोष्ट प्रोडक्शन रहेको छ, जुन पहिलो पटक नै हो । यो चलचित्रलाई एम.आर.एस.मुभिजले निर्माण गरेको हो । यो व्यानरले पहिलो पटक फिल्म निर्माणमा हात हालेको हो ।  चलचित्रले नया अनुभव निर्माण कार्यमा मात्र संगालेको छैन । नेपाली चलचित्रको पार्श्व गायनमा गायीका अञ्जु पन्तको नाम निक्कै चर्चित छ । यस्तै, गायक थुप्देन भुटिया पनि पार्श्व गायनमा चर्चित गायक हुन्, । तर, यो चलचित्रले यि दुई चर्चित गायक र गायीकालाई एक साथ गाउने अवसर मिलाईदिएको छ ।

चलचित्र स्वरमा अच्युत अधिकारीले कथा कोरेका छन् । उनले यो चलचित्रमा पहिलोपटक कथा कोरेका हुन् । चलचित्रमा कलाकारलाई कथा सुहाउदो व्रान्डेड ड्रेस उपलब्ध गर्राईएको छ । यो पनि नेपाली चलचित्रका लागी पहिलोपटक नै हो । चलचित्र स्वरले केहीसाता अघि काठमाण्डौमा अडियो विमोचन कार्यक्रम आयोजना गरेको थियो । सो अडियो विमोचन कार्यक्रममा चर्चित संचारकर्मी तथा निर्देशक भुषण दाहाल पहिलोपटक नेपाली चलचित्रको कार्यक्रममा प्रमुख अतिथि भएका थिए ।

यसरी थुप्रै विषयमा चलचित्र स्वर पहिलोपटकको अनुभव संगाल्दै दर्शकमाझ आउदैछ । अर्को रमाईलो कुरा के पनि भन्न सकिन्छ भने, यति धेरै कुराहरु पहिलोपटक जुरेको संभवत चलचित्रका लागी पहिलोपटक नै हो । पहिलोपटक यति धैरै कुराहरु भएको चलचित्र स्वरले चलचित्रको इतिहासमा व्यापारका दृष्टिकोणले पहिलोपटक नै रेकर्ड व्रेक गरोस्, फिल्मी खबरको शुभकामना ।