
बीग प्रोजक्टको चलचित्र च्यालेन्ज निर्माण गरेका स्र्टाईलिस हिरो दुई दिन देखि चितवनको सौराहमा ब्यस्त छन् । तर उनको त्यो ब्यस्तता ब्यक्तिगत हैन, विश्वका विभिन्न मूलुकबाट हात्ती रेश प्रतियोगितमा सहभागी हुन आएका पर्यटकमाझ उनी चिफ गेष्ट भएर हात्ती रेशको अनुभव लिईरहेका छन् ।
हात्ती रेशको अन्तिम दिन भोली उनले उपस्थित सवै विदेशी पाहुनालाई नेपालको पर्यटन र चलचित्र उद्योगलाई विकासको साथै सहयोग गर्न आग्रह पनि गर्ने छन् । आगामी बैशाखमा रिलिज हुने भनिएको उनको चलचित्र च्यालेन्जको प्रोमोशन सो कार्याक्रममा आफ्नो प्राथामिकतामा नपर्ने भन्दै सम्पूर्ण नेपाली चलचित्र उद्योगको प्रोमोशन' आफ्नो तर्फबाट गर्ने रेशले प्रतिक्रिया दिएका छन् । चिफ गेष्टभएका रेशले त्यहाँका हात्तीमा चढी केही पर्यटकहरूसंग नेपाली फिल्मको बारेमा अर्न्तक्रिया समेत गरेका थिए ।
क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको सो प्रतियोगिता भोली मंगलबार सकिदैछ । समापन लगत्तै रेश काठमाण्डौ फर्कने छन् र पर्यटन बर्ष २०११ सफल पार्न कलाकारको तर्फबाट अन्यक्षेत्रमा पनि सहयोग गर्ने छन् ।