
विशेष कारणबस गएको बिहिबार स्थगित भएको प्रदर्शकहरूको पूर्वाञ्चल भेला आज सुरू भएको छ ।
बिहान एघार बजे देखि पूर्वाञ्चलको इटहरीमा सुरू भएको उक्त भेलामा विरगञ्ज देखि काकडभिट्टा सम्मका सम्पूर्ण सिनेमा हल सञ्चालकले भावी योजना सार्वजनिक गर्दैछन् । नेपाली चलचित्र उद्योगलाई व्यवस्थित मर्यादित र प्रतिष्ठीत बनाउने लक्ष्यसहित आयोजना भएको उक्त भेलालाई चलचित्र संघंका पूर्व अध्यक्ष तथा निर्माता उद्धव पौडेलले उद्दघाटन गरेका हुन । सो भेलामा संघका मुख्य पदाधिकारी समेत सहभागी छन् ।
एक दिने उक्त भेला पश्चात संघले आगामी तीन महिना भित्र अन्य चारवटा विकास क्षेत्रमा पनि यस्तै प्रकृतिको भेला आयोजना गर्ने जनाएको छ । भेला बेलुकी ५ बजे सम्म जारी रहने बताईएको छ ।