मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थैलीबाट निस्कियो स्वर

फिल्मीखबर, काठमाण्डौ, 2010/12/12

आगामी माघ चौध गतेबाट प्रदर्शनमा आउन लागेको प्रशन्न पौडेल निर्देशित सांगितीक चलचित्र स्वरको अडियो गीत सार्वजनिक गरिएको छ ।

आईतबार साँझ ललितपुर स्थित अर्गानिक भिलेजमा आयोजित कार्यक्रममा निर्देशक तथा  कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता भुषण दाहाल, कान्तिपुर एफ एमका स्टेशन म्यानेजर प्रभात रिमाल, चलचित्र संघका उपाध्यक्ष प्रदिप उदय,निर्देशक उज्जवल घिमिरे, निर्माता छबिराज ओझा, क्यामेराम्यान बिदूर पाण्डे तथा सो चलचित्रका कलाकारहरूले एक साथ रातो थैलीबाट सिडी निकाल्दै आडियो विमोचन गरेका थिए ।

दाजुभाई सत्यस्वरूपको पाँच गीत र  बाकी दुईमा  सुगम पोखरेलको संगीत रहेको उक्त चलचित्रमा जम्मा आँठ वटा गीत समावेश गरिएको छ ।  चलचित्रमा आठ गीत भएपनि अडियोमा भने सातवटा मात्र समावेश गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । ती सवै गीतलाई अहिलेका युवा गीतकार भुपेन्द्र खड्काले लेखेका हुन । सार्वजनिक गरिएका ती गीतहरूमा थुप्देन भुटिया, अञ्जु पन्त, सन्तोष लामा, मिङमा शेर्पा, सत्यस्वरूप र सुगम पोखरेलले स्वर दिएका छन् ।  

कार्यक्रममा बोल्दै सो चलचित्रका संगीतकार सत्यराज आचार्यले 'नामैले स्वर भएकाले चलचित्रलाई सांगितीक भनिएको र त्यसै अनुसार आफूहरूले संगीतको  कम्पोज गरेको बताए ।' यस्तै कार्यक्रममा सो चलचित्रको आधिकारिक वेभर्साईट डब्लु डब्लु डब्लू डट स्वर मुभि डट कम र अनलाईन रेडियो रेडियो झक्कास डटकमको पनि उद्घाटन गरिएको थियो । 

 

एमआरएस मुभिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा राजबल्लभ कोइराला मुख्य भूमिका रहेका छन् भने नयाँ प्रस्तुतीमा केकी अधिकारी, रिमा विश्वकर्मा, बेनिशा हमाल, एस राज , अमित पोखरेल, जोयस पाण्डेलाई देख्न पाईन्छ । यस्तै चलचित्रमा चरित्र अभिनेताको रूपमा सुनिल थापा र तृप्ती नाड्कर पनि रहेका छन् । सार्वजनिक गरिएको सो अडियोलाई टूएस म्यूजिकले बजारमा ल्याएको छ । चलचित्रलाई मनिष राजभण्डारी, रवि लामा र सुरेन बलामीले निर्माण गरेका हुन् ।