मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशन्नको नजरमा केकी, रीमा र बेनिशा

सुमन गैरे, काठमाण्डौ, 2010/12/07

रङ्गमन्च, म्युजिक भिडियो हुँदै चलचित्र निर्देशनमा पाईला टेकेका निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको  पहिलो चलचित्र 'स्वर' को प्रदर्शन मिती नजिकिंदै गएको छ । चलचित्रको प्रदर्शन मिती जति नजिकिंदै छ यो चलचित्रका कलाकार देखि लिएर प्राबिधिक तथा निर्माता यसको नतिजा हेर्न निकै आतुर छन् ।

 

पछिल्लो समयमा सबैले आश गरेको यो चलचित्रमा अभिनय गरेका ६ जना नयाँ कलाकारहरूको भबिष्य पनि यहि चलचित्रले निर्धारण गर्ने बताईएको छ । हुनत चलचित्रका निर्देशक पौडेल चलचित्रमा अभिनय गरेका ६ कलाकार केकी अधिकारी, रीमा विश्वकर्मा,यसराज कार्की, अमित पोखरेल, बेनिशा हमाल र जेएस पाण्डेबाट निकै आशाबादी छन् । यी ६ कलाकारमा पनि बिशेष गरी तीन नवनायिका केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालले गरेको कामको प्रतिक्षामा धेरै चलचित्रकर्मी रहेको बुझिएको छ । कारण रजतपटमा नायिकाहरूको खडेरी ।

 

केही निर्देशकहरूले त नेपाली चलचित्र उधोगमा नायिकाहरू निकै कम रहेको बताउँदै आएका छन् र नयाँ नयाँ अनुहारको खोजी गरिरहेका छन् । नयाँ नायिकाहरूको खोजी भईरहेको अवस्थामा 'स्वर' का यि तीन नवनायिकाहरूले आगामी दिनहरूमा आफ्नो स्थान कत्तिको सुरक्षित राख्न सक्छन् त्यो त चलचित्र 'स्वर' प्रदर्शन भएपछि नै थाहा हुनेछ । तर चलचित्र 'स्वर' प्रदर्शन हुनु पूर्व फिल्मीखबरले यि तीन नवनायिकालाई नजिकबाट नियाल्ने प्रयाश गरेको छ । जसको माध्यम सोही चलचित्रका निर्देशक प्रशन्न पौडेल बनेका छन् ।

 

निर्देशक पौडेलसँग नवनायिका त्रय केकी, रीमा र बेनिशाको  अभिनय क्षमता र केही राम्रा पक्ष र सुधार्नु पर्ने पक्षको बारेमा फिल्मीखबरले बुझ्ने प्रयास गरेको थियो । स्वरमा गरेको अभिनयलाई आधार मान्दै फिल्मीखबरले निर्देशक प्रशन्नलाई यि तीन नवनायिकाको अभिनयलाई मूल्याङन गर्न आग्रह गरेपछि उनले १० पूर्णाङ्कमा केकीलाई ९, रीमालाई ८ र बेनिशालाई ७ अंक दिन मिल्ने बताए ।

 

यी तीन नवनायिकाले आफ्ना केही कमजोरीहरूलाई सुधार गरे भबिश्यमा तीनै जना सफल कलाकार बन्ने प्रशन्नले दाबी गरे । सुधार्नु पर्ने कुरा के त ? फिल्मीखबरले प्रश्न तेर्स्याउने बित्तिकै प्रशन्न बोली हाले, 'केकीमा नवरसको राम्रो ज्ञान छ त्यसैले उसले सुधार गर्नुपर्ने खासै कुरा केही छैन तर कहिलेकाहीं डान्सको कन्ट्युनिटीलाई ध्यान दिन सक्दिनन् तर पछि आफूले गरेको गल्तीलाई महसुस गरेर राम्रो बनाई हाल्छिन् ।

 

यता नृत्यमा निकै दख्खल मानिएकी रीमालाई प्रशन्नले शरिरको भोलुम बढाउनु निकै आवश्यक रहेको बताए । उनले भने, 'रीमाको भ्वाईस कमान्डिङ छ तर उसको शरिरले त्यति साथ दिएको छैन ।' अभिनयमा ७ अंक पाएकी अर्की नायिका बेनिशालाई प्रशन्नले सबै प्रकारको नृत्यमा सक्षम बन्न सुझाव दिए । डाईलग डेलिभरी र एक्सप्रेशन राम्रो हुँदा हुँदै पनि कहिलेकाहीं चाहिने भन्दा बढि अभिनय गरिदिंदा समस्या आउने प्रशन्नको भनाई छ । तर पनि यिनीहरूलाई आफ्नो चलचित्रमा राम्रोसँग प्रस्तुत गरेको प्रशन्नले बताए । उनले भने, 'चलचित्रमा दर्शकहरूले यिनीहरूको कुनै कमजोरी देख्नुहुन्न ।'
 

 

आशा गरौं यि नवनायिकाहरूले आफ्नो कमजोरीहरूलाई औल्याउँदै निकट भबिष्यमै चलचित्र उधोगमा नायिकाको अभावलाई केहि हदसम्म परिपूर्ती गर्न सफल बनुन् । नवनायिका त्रय केकी, रीमा र बेनिशालाई फिल्मीखबरको शुभकामना !