मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मूलधारका फिल्ममा गीत लेख्दिन' : भुपेन्द्र खड्का

फिल्मीखबर, काठमाण्डौ, 2010/12/04

आलोक नेम्वाङ्ग निर्देशित पहिलो चलचित्र 'सानो संसार'बाट फिल्ममा गीत लेख्न सुरू गरेका अहिलेका चर्चित गीतकार भुपेन्द्र खड्काले मूलधारका कुनै पनि फिल्ममा गीत नलेख्ने बताएका छन् ।

शनिबार फिल्मीखबरसंग कुरा गर्दै भुपेन्द्रले एकाध बाहेक नेपालमा कमजोर मानसिकता भएका निर्माता र निर्देशकमा सृजनात्मकता नभेटिएको भन्दै त्यस्ता फिल्ममा आफूलाई गीत लेख्न मन नलाग्ने बताए  । मूलधारका चलचित्रमा गीत लेखनको ब्यवसायिकता समेत नभएको भन्दै त्यस्ता फिल्ममा मनपरी गीत लेखेर पूराना प्याटनका नेपाली निर्देशक जस्तै  गीतकारहरूको समेत स्तर बृद्धि हुन नसकेको उनको तर्क छ ।

सुरू देखिनै नयाँ पुस्ताका हाई बजेट फिल्मबाट  गीत लेखन कार्य थालेका  भुपेन्द्रले तीन बर्षको अवधिमा करिब आधा दर्जन भन्दा बढी फिल्ममा  गीत लेखिसकेका छन् । सानो संसार पछी सिमोस सुनवारको निर्देशनमा बनेको चलचित्र फष्टलभ, आलोकको दोस्रो प्रोजेक्ट कोही मेरो, प्रदर्शनको तयारीमा रहेको ब्याच नम्बर सिक्सटीन, मेरो लभस्टोरी, स्वर तथा अन्य चलचित्रहरू के यो माया हो, बिकज आई लभ यू लगायतका फिल्मका लागि  गीत लेखिसकेका भुपेन्द्रले नेपालकै महंगो  गीतकारको  समेत छवि बनाएका छन् । 

नयाँ बानेश्वर नोबेल एकेडेमीमा नेपाली बिषयका उपप्राध्यापक तथा  कान्तिपुर एफएमका आरजे समेत रहेका २९ बर्षीय भुपेन्द्रले एउटा समान्य गीत लेखेबराबर न्यूनतम १० हजार लिने गर्दछन् । उनले  ब्याच नम्बर सिक्सटीनमा एउटा गीत बराबर प्रोडक्सनबाट ३० हजारको दरले  पाँचवटा गीतको डेढ लाख समेत लिएका छन् ।  । 

गीत लेखेकै कारण  पछिल्लो चरणमा निकै चर्चा कमाएका भुपेन्द्रलाई दिन रात नयाँ चलचित्रबाट गीत लेख्ने प्रस्ताव आएको तर समय अनुसारको स्क्रिप्ट भए मात्र त्यस्ता फिल्मका लागि गीत लेख्ने गरेको उनी बताउछन्   जस अनुरूप केही दिन अघि मात्र उनले मूलधारका तीन फिल्मको स्क्रिप्ट पढिसकेपछी  ती फिल्ममा गीत  नलेख्ने निर्णय गरेको उनले बताए ।