मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

दलितसँग बाटो मुनिको फूल

फिल्मीखबर, काठमाण्डौ, 2010/12/01

दलित मुद्दालाई आधार बनाएर निर्माण गरिएको सुरज सुब्बा निर्देशित चलचित्र बाटो मुनिको फूलले केही दलित समुदायका ब्यक्तिहरुसँग अर्न्तक्रिया गरेको छ ।



नेपाल सरकार अर्न्तगतको राष्टिय दलित आयोगले आयोजना गरेको जातीय विभेदका विरुद्ध चलचित्रको भूमिका बिषयक अर्न्तक्रिया कार्यक्रममा नायक समेत रहेका गायक यश कुमार लगायत विभिन्न ब्यक्तिहरुले चलचित्र मार्फत जातीय विभेद अन्त्य गर्नु पर्ने बताएका थिए । करिब ३ करोड नेपालको जनसंख्यामा ५० हजार दलित ब्यक्तिहरु बाटो मुनिको फूल झै होचिएर बसिरहेको अवस्थामा ती ब्यक्ति पनि बाटो माथिको फूल झै फुल्नु पर्ने यशको भनाई थियो । 

दलित समुदायका केही सभासद सहित करिब ८० को संख्यामा उपस्थित विभिन्न ब्यक्तिहरुलाई फिल्मका केही फुटेजहरु समेत देखाईनुको साथै फिल्मको सामान्य समिक्षा पनि गरिएको थियो । गएको शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको सो चलचित्रको टिमले देश दौडाहा प्रोमोशन गरिरहेको अवस्थामा दलित गैरसरकारी संस्था महासंघले आफ्नो संयोजनमा विभिन्न क्षेत्रमा रहेका दलित समुदायका ब्यक्तिहरुसँग  सो अर्न्तक्रिया कार्यक्रम राखेको थियो ।

 

सबै फूल एउटै हो
कृष्ण न्यौपाने, दमौली 


बाटो मुनिको फूल न शिरमा लगाउन सकिन्छ न त मन्दिरमा नै चढाउन । बाटो मुनिको फूल बाटो मुनि नै फूल्छ अनि त्यही ओइल्याएर झर्छ भन्ने मान्यता नेपाली समाजमा छ
चलचित्र बारे प्रष्ट पार्दै यसका निर्देशक सुरज सुब्बा 'नाल्बो' भन्दै थिए । चलचित्र प्रति  दर्शकको प्रतिक्रिया र प्रोमोशनको लागि देशव्यापी दौडाहामा निस्किएको यसका निर्देशक, निर्माता र कलाकारको टोलीसँग बुधबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा आयोजित एक कार्यक्रममा निर्देशक सुरज सुब्बाले बाटो मुनि फुलेको फूलको कथालाई चलचित्रको पर्दामा उतारिएको बताए ।


बाटो माथिको फूललाई मन्दिरमा चढाइए पनि बाटो मुनिको फूलको वास्ता नगर्ने परम्परा रहेको समाजलाई सबै फूल एउटै हो भन्ने सन्देश चलचित्रले दिन खोजेको निर्देशक सुब्बाले जानकारी दिए । 'चलचित्रमा अन्तर जातीय प्रेम त्यसमा आउने पारिवारिक अड्चन र ठूलो जातिले सानो जातिमाथि गर्ने हेपाइको विषय उठाइएको छ' निर्देशक सुब्बाले भने ।

 

चलचित्रमा नेपाली समाजको एउटा यथार्थ पाटोको चित्रण गर्न कोसिस गरिएको उनको भनाई थियो । सुब्बाले थपे, 'यस चलचित्रबाट व्यवसायिक सफलता हात नपरे पनि दलित जाति माथि हुने भेदभावका विषयमा चेतना फैलियोस् ।' उनले दलित मुद्दामाथि कानून पनि बनिसकेको अवस्थामा समेत भेदभाव गर्ने काम नरोकिएको र फिल्मले त्यस विषयमा केही हदसम्म भएपनि सम्बोधन गर्न सक्ने विश्वास लिइएको बताए । गायकद्वयलाई नै चलचित्रको नायक बनाउनुको कारण बारेमा उनले भने 'उहाँहरु यही जातिको प्रतिनिधि भएकाले उहाँहरुलाई यस विषयमा राम्रो ज्ञान छ ।'

 


चलचित्रका नायक एवं गायक बाबु बोगटीले चलचित्रमा आफूले सकेसम्मको अभिनय गरेको बताए । 'मेरो पहिलो चलचित्र भएपनि मैले यसमा सक्दो काम गरेको छु' उनले भने
चलचित्रकी नायिका नन्दिता केसीले आफूले यस चलचित्रमा दलित युवतीको भूमिका निर्वाह गरेको सुनाइन् । उनी गैरदलित भएपनि दलितमाथि हुने विभेदको विरुद्धमा निर्मित चलचित्रमा आफ्नो अभिनय सन्तुष्ट लागेको नन्दिताले बताइन् ।

 

हेटौंडा नारायणगढ हुँदै चलचित्रको प्रोमोशनको लागि बुधबार आइपुगेको कलाकारको टोलीले दिउँसो दर्शकसँगै बसेर चलचित्र हेरेका थिए । चलचित्रका नायक यश कुमार पनि आउने भनिएता काठमाण्डौमा आयोजित अर्न्तक्रिया कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले उनी उपस्थीत नभएका हुन् ।