
अहिलेकी नम्बर वान गायिका अन्जु पन्त त्यो बेला निकै हिट भईन जव गजलकार विपिन किरणले आफुले लेखेको गजल 'न बिर्से तिमिलाई न पाए तिमिलाई' अञ्जुलाई गाउन दिए । त्यो समय अञ्जु मात्र हैन स्वयम किरणले पनि नेपाली सञ्चार माध्यममा धैरै नै स्थान पाउन सफल भए ।
गायक मदन गोपाललाई साथमा लिएर पहिलो पटक 'अलमोष्ट' एल्बम निकालेका २५ बर्षे किरणले लेखेका गजल र गीत हिट हुन थालेपछी चलचित्र क्षेत्रमा पनि उनको खोजी हुन थालेको छ । 'अलमोष्ट' पछी पछ्यौरी, किरण र किरण २ एल्बम निकाले र आफ्नो परिचयलाई भिन्न रूपले सांगितिक जगतमा स्थापित गर्न सफल भए उनी । एल्बममा मात्र हैन निकै हिट भएको चलचित्र 'मिस्टर मंगले' मा पहिलो पटक उनले गीत लेखे र चलचित्र क्षेत्रमा पनि आफ्नो पाईला अगाडी बढाए ।
यो समय उनलाई धेरै चलचित्रकर्मीले कथा अनुसारको गीत लेख्न आग्रह गर्ने गरेको विपिन बताउछन् । तर केही चलचित्रकर्मीले गीत लेख्न लाउने अनि उचित पारिश्रमिक दिन नसक्ने बताएपछी थुप्रै फिल्ममा गीत नलेखेको उनले गुनासो ब्यक्त गरे । उनी एउटा गीत लेखे बराबर ५ हजार लिने गर्दछन् । यस्तै एल्बमबाट चलचित्रमा आफ्नो लेखन पाईला अगाडी बढाएका किरण सफल चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छको र्टाईटल गीत लेखेपछी अझ चर्चामा आए र लगत्तै नयाँ चलचित्रहरू मनले मनलाई छुन्छ, पर्खि राख है, माई लाईफको लागि गीत लेख्ने मौका पाए ।
एल्बमबाट फिल्म तर्फ पाईला बढाएका विपिनलाई अरू पनि थुप्रै चलचित्रबाट गीतलेख्न आग्रह गरिएको छ तर फाईनल नभईसकेकोले आफूले गीत लेख्न पाउन वा नपाउने भन्ने बारेमा कुनै टुङ्गो नभएको उनी बताउछन् । जे होस एल्बमबाट फिल्म क्षेत्रमा पाईला बढाएका विपिनलाई यो क्षेत्रमा स्वागत छ ।