मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानीको पार्थिव शरिरमा खड्गीले दागबत्ती दिने

फिल्मीखबर, काठमाण्डौ, 2010/11/23

मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा निधन भएका स्वर्गिय गोपाल भुटानीलाई उनका चेला तथा द्वन्दनिर्देशक राजेन्द्र खड्गीले दागबत्ती दिने भएका छ ।

 

स्वर्गिय भुटानीका आफन्त कोही नभएकोले उनको पार्थिव शरिरमा चेला खड्गीले दागबत्ती दिने भएका हुन् । स्वर्गीय भुटानीले द्वन्दनिर्देशक खड्गीलाई आफ्नो छोरा मान्दै आएका थिए । अहिले भुटानीको शवलाई स्वयम्भू स्थित तामाङ चिहानमा लगिएको छ । त्यहाँ करिब एक घण्टा श्रद्वान्जली दिने कार्यक्रम रहेको छ ।

 

स्वयम्भू स्थित तामाङ चिहानमा भुटानीको तामाङ बिधिबिधान अनुसार अन्त्यष्टी गरिने भएको छ । उनको बास्तविक नाम गोपाल तामाङ रहेकोले उनलाई तामाङ बिधिबिधान अनुसार अन्त्यष्टी गरिन लागेको बताईएको छ । अहिले भुटानीलाई अन्तिम श्रद्वान्जली दिन चलचित्रकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको छ ।