
अभिनेत्री करिश्मा मानन्धर धेरै होची त हैनन् तर ६ इन्च अग्लो स्याण्डल लगाएर ६ फिट मान्छेको अगाडी उभिदा उनी होची देखिन्छन भने उनले लगाएको त्यो स्याण्डलको चर्चा गर्नै पर्ने हुन्छ ।
प्रसङ्ग हो सोमबार राजधानीमा आयोजित एक कार्यक्रमको जहाँ उनी सम्मानित हुदै थिइन् । स्याण्डल देखी कोट सम्म साथमा पर्स समेत सेतो रंगको प्रयोग गरेकी करिश्मा निर्माता अशोक शर्मासंग मस्की-मस्की गफ गर्न तल्लिन थिइन् ।
६ फिट अग्ला अशोकसंग उनी घाटी माथि पार्दे गफ गर्दै थिइन् भने अशोक आफ्नो घाटी निहुराउदै करिश्माको प्रश्नका उत्तरहरू फटाफट दिदै थिए । पेन्सिल हिल भन्दा फ्याट अग्लो स्याण्डल लगाएकाले करिश्मालाई हिड्न केही सहज भएको थियो तर रसियन कल्चरको त्यो चिप्लो भुईमा लडिने डरले आफुलाई सम्हाल्दै उनी यता उता गरिरहेकी थिइन् ।
कुनै समयकी स्टार नायिका त्यो कार्यक्रममा आकर्षणको पात्र बनेकी थिइन् । जति उनी आकर्षणको पात्र बनिन त्यतिनै उनले लगाएको स्याण्डलले पनि चर्चा पाईरहेको थियो ।
सञ्चारमाध्यममा आफ्नो चर्चा हराएपछी कहिले स्तनमा ट्याटु खोपेर चर्चामा आउने करिश्मा कहिले पहिरनको कारण चर्चामा आउछिन त कहिले स्याण्डलको कारण । जे होस पछिल्ला चरणमा करिश्माले देखाउने गरेका हरेक क्रियाकलापले उनीमा पुनः पर्दामा देखिने रहर झल्केको महसुस हुन्छ ।