चलचित्रका निर्देशक, ओस्कार कलेज अफ फिल्म स्टडिजका सिइओ तथा सञ्चारकर्मी डाक्टर. घनश्याम खतिवडा सोमबार एउटा कार्याक्रममा देखिए । अतिथिको रूपमा बोलाइएका खतिवडा सुट सहित रातो टाईमा सजिएर कार्याक्रम स्थल पुगेका थिए ।
हुन त त्यस्तो हर्कत घनश्यामले मात्र गर्ने हैन धेरै चलचित्रकर्मी र सञ्चारकर्मीले पनि गरिरहेका देखिन्छन् । सायद उनीहरूले बुझपचाउदै त्यस्तो हर्कत देखाउछन् वा थाहाँ नपाएर अन्जानमा यो भने प्रश्नको विषयनै बन्न सक्दछ ।
घटना स्थल सोमबार बेलुकी काठमाण्डौको पुरानो बानेश्वर स्थित गुरूकुल भवन जहाँ अबरोधका बाबजुद सञ्चालन भएको बर्ड फिल्म फियष्टा समापन कार्याक्रम थियो । ३ घण्टा सम्म चलेको सो समापन कार्याक्रममा खतिवडा करिब एक घण्टा बसेका थिए । रंगमञ्चको हल भित्र दाया लबीको दोस्रो श्रेणीमा बसेका खतिवडाको फोनको घण्टी बारम्बर बजिरहेको थियो र उनले नसंकोच त्यो फोन पनि रिसिभ गर्दै गए ।

हल भित्र छिर्दा फोनको घण्टी अफ गर्नु पर्ने कुरा थाहाँ नभएर हो वा अन्जानमा उनले त्यो फोन रिसिभ गरेका हुन । घनश्यामको त्यो घण्टीले कार्याक्रममा स्थलमा केही अबरोध पुर्याइरहेको थियो । जम्मा ४ पटक आएको सो फोनमा निहुरिदै उनले कसैलाई भन्दै थिए 'आज ६ बजे तिम्रो लाईभ छ, चाडै आउ है ।' घनश्याम सगरमाथा टेलिभिजनमा कार्याक्रम सञ्चालक समेत भएकाले उनले कसैलाई त्यो फोन मार्फत अर्न्तवार्ताका लागि बोलाउदै थिए ।
कार्याक्रम जत्रो सुकै होस डिर्स्टब भनेको डिर्स्टब हो । सायद अब देखि यस्ता कार्याक्रममा उपस्थित हुदाँ मोबाईलको स्विच अफ गर्ने वा साईलेन्समा राख्ने आदत बसाल्ने हो कि डाक्टर घनश्याम जी ?

