Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

मनीषाको कारण राजेश र निखिल छायाँमा

फिल्मीखबर, काठमाण्डौ, 2010/09/27

बीस बर्षपछी पुनः कलिउड फर्किएकी नायिका मनीषा कोइरालाले दुई हस्ती नायकलाई पछि पारिदिएको  संकेत देखिएको छ ।



युवा निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको दोस्रो चलचित्र 'धर्मा' मा नायिका मनीषाले महानायक राजेश हमाल र निखिल उप्रेतीलाई पछी पारिदिएका प्रशस्त संकेतहरू देखिएका छन् ।
प्रदर्शनका लागि लक्ष्मी पुजाको समय पर्खेर बसेको चलचित्र धर्माको पब्लिसिटीका बनाईएका हरेक पोष्टरमा नायिका कोइरालालाई अग्र अग्रपंक्तिमा राखिएको छ ।



हाल सम्म राजेश हमाल र निखिल उप्रेतीले अभिनय गरेको हरेक चलचित्रका पोष्टर र  ब्यानरमा उनीहरू अग्रपंक्तिमा देखिने गरेका छन् तर दीपेन्द्रको चलचित्रमा राजेश र निखिललाई मनीषाले पछी पारिदिएको महसुस हुन्छ ।'धर्मा' को मुख्य पब्लिसिटी पोष्टरको बायाँमा  बेल्ड गरी मनीषाको तस्बिर छापिएको छ भने त्यस पछी क्रमश: निखिल र महानायक राजेशको पोष्टर छापिएको छ ।



किन मनीषालाई बढी हाईलाईट गर्नु भयो भन्ने फिल्मीखबरको प्रश्नमा निर्देशक खनाल भन्छन् 'उहाँलाई हाईलाइट गर्नु स्वाभाविक हो ।'  तर फिल्ममा  कथा अनुसार नायकको भूमिका बाडिएकाले पनि मनिषालाई हाइलाईट गर्न आवश्यक परेको दीपेन्द्रले स्पष्टीकरण दिए । चलचित्रमा अर्की नायिका अनु शाह भएपनि उनको तस्बिर भने पोष्टरमा छापिएको छैन । अनुले  दीपेन्द्रको पहिलो फिल्म 'दि युग देखी युग सम्म'मा मुख्य  नायिका भएर अभिनय गरेकी  थिइन् ।



 'हामीले जानी जानी  दुई  नायकलाई पछि पारेका हैनौ त्यो कथाले मागे अनुसारको दृश्य हो'  उनले भने । यस्तै पोष्टर प्रतिक्रिया लाई स्वीकार्दै दीपेन्द्र भन्छन् 'सवैको नजर मनीषामा परिरहेका बेला उहाँलाई पनि हामीले प्रमुख स्थान दिनु स्वाभाविक ठान्यौ र त्यही अनुसार प्रस्तुती पनि गर्‍यौ ।'