
पहिलो फिल्म 'दि युग देखि युग सम्म' मा महानायक राजेश हमाललाई छुट्टै गेटअपमा उतारेर चर्चा कमाएका निर्देशक दिपेन्द्र के खनाल आफ्नै ट्रर्याकमा फर्किएका छन् ।
व्यावसायिक फिल्मलाई दोस्रो प्राथामिकतामा राख्ने यि निर्देशकले जसरी 'धर्मा' लाई व्याबसायिक चलचित्र बनाएका थिए अब तत्कालका लागि त्यस्तो चलचित्र नबनाउने निर्णय गरेका छन् । धर्मा उनको दोस्रो र पहिलो व्यावसायिक चलचित्र हो, जुन आगामी कार्तिक महिनामा प्रदर्शनमा आउदै छ ।
यस्तै निर्देशक खनालले आफ्नो तेस्रो चलचित्र 'काठमाण्डू नाईट' को दर्ता प्रक्रिया समेत सकेका छन् । फिल्मीखबरसंग कुरा गर्दै खनालले भने "छिटोमा आगामी दसै र तिहारको बीचमा यो चलचित्रको सुटिङ सुरू गर्छु ।" काठमाण्डौको गहन समस्याको बिषयलाई उठान गरिएको भनिएको चलचित्र 'काठमाण्डू नाईट' मा दुई नायक र एउटा नायिकालाई मुख्य भूमिकामा देखाईने उनले बताए । दुई नायक मध्ये एक नायकमा आर्यन सिग्देल करिब पक्का भएपनि अरू कालकारको टुङ्गो भने केही दिनमा लाग्ने दिपेन्द्रको भनाई थियो ।
पहिला नेपाली चलचित्र उद्योगलाई माथि उठाउने अनि मात्र ब्यवसायिक चलचित्र बनाउने प्रण गरेका निर्देशक खनालले 'काठमाण्डू नाईट' बाट आफ्नो परिचयलाई समेत फराकिलो पार्दै निर्मातामा भएर चिनिदैछन् ।