
२५ दिनको आउट डोर सुटिङका लागि घादिङ गएकी नायिका रेजिना उप्रेती दर खाने दिन काठमाण्डौ फर्किएकी छिन् । आफ्नो ६८औ फिल्म "चम्चा चमेली" को सुटिङमा ब्यस्त रहेकी नायिका उप्रेतीले सो चलचित्रमा फरिया र चोलीमा पहिलो पटक द्धन्द्धको दृश्य दिएकी छिन् ।
पूर्ण गाउँले परिवेशमा दिदिबहिनीको कथालाई समेटेर निर्माण गरिएको सो चलचित्रमा रेजिनाले चम्पाको भूमिका अभिनय गरेकी छिन् । राजेश हमाल, शोभिता सिमखडा लगायतको अभिनय रहेको सो चलचित्रलाई राजुध्वज राणाले निर्देशन गरेका हुन ।
शुक्रबार साँझ अबेर काठमाण्डौ फर्किएकी नायिका उप्रेतीले आमाको हातले बनाएको दर खान पाउँने भएपछी आफुलाई निकै खुशी लागेको बताइन ।