
क्रिएटिभ इन्टरनेशनल प्रोडक्सनको आयोजनामा गएको सोमबारदेखि राजधानीमा जारी बर्ड फिल्म फियष्टा स्थगित हुने सम्भावना बढेको छ ।
सेन्सरबोर्डले सेन्सर नगरिएका चलचित्र समेत प्रदर्शन गरिएको भन्दै अन्तत् फोन मार्फत फियष्ट बन्द गर्न आयोजकहरूलाई दबाव दिएपछी कार्याक्रम स्थगित हुने सम्भावना बढेको हो ।
मंलबार दिउँसो प्रस्तुकर्ता गोपीकृष्ण मुभिज र कीपा कार्याक्रम संयोजक प्रतिमा श्रेष्ठलाई फोन मार्फत सेन्सरबोर्डका अधिकारीहरूले सो कार्याक्रम बन्द गर्ने चेतावनी दिएपछी बुधबारका शोहरू समेत प्रभावित भएका थिए ।
कार्याक्रम संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार 'कार्याक्रम स्थगित हुने वा नहुने भन्ने बारे बिहिबार बिहान १२ बजे सम्ममा टुङ्गो लाग्ने' बताएकी छिन् । किम्फ, तथा आदिवासी चलचित्र महोत्सवमा पनि सेन्सर नगरिएका चलचित्र समावेश गरिएको भन्दै श्रेष्ठले सेन्सरबोर्डको सो प्रक्रिया प्रति आपत्ती समेत जनाएकी छिन् ।
कार्याक्रम स्थगन गर्ने प्रक्रियामा केही कुराहरू लुकेको भन्दै श्रेष्ठले यस सम्बन्धमा बिहिबार पत्रकार सम्मेलन मार्फत सवै स्पष्ट पारिने बताईन् ।
"कुनै कारण विना सेन्सरले कार्यक्रम स्थगन गर्न दवाव दिएपछी आफुहरू तनावमा परेको" भन्दै श्रेष्ठले जुरी सदस्य मध्येका नारायण पुरीले त्यो विवाद अन्त्य गर्ने प्रयास गरिरहेको जानकारी दिईन ।
प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी जम्मा ४४ चलचित्र समावेश गरिएको फियष्टामा भोली बिहिबार सम्म सञ्चालन हुने तालिका थियो ।
अन्तराष्ट्रिय नियम अनुसार महोत्वसवमा देखाईने चलचित्रहरूलाई सेन्सर गर्नु पर्ने नियम नभएपनि नेपालको सेन्सर बोर्डले चलेको यो कदम लाई शंकाको दृष्टीले हेरिएको छ ।