
नायक हुने आशले कलिउड छिरेका कलाकार कमल कृष्ण पौड्याल जसरी खलनायक भएर परिचित भए त्यसै गरी खलनायकका हरेक रोलमा आफुलाई फरक फरक ढङ्गले प्रस्तुत गर्दै आएका छन् ।
२०५८ सालमा खरको छानोमा नायक भएर कलिउड छिरेका कमलकृष्ण आजकल हरेक चलचित्रमा डिमाण्डका पात्र समेत बन्न थालेका छन् । र्डाईरेक्टर भन्दा प्रोडुसरले आफुलाई धेरै मनपराउने बताउने यि पात्र हरेक चलचित्रमा आफु फरक प्रस्तुतीमा देखा पर्ने र परिरहने बताउछन् ।
फिल्मीखबरसंग कुरा गर्दै उनले भने "खेलिसकेको रोल अर्को चलचित्रमा छ भने म खेल्दिन किन भने म छुट्टै पहिचान बनाउदै छु ।" दुई दर्जन भन्दा बढी चलचित्रहरूमा खलपात्रको अभिनय गर्दै आएका कृष्ण ती कुनै चलचित्रमा एउटै भूमिका देखिएका छैनन् ।
आफुले लिच्चड, गुण्डा, आवारा र नकारात्मक भूमिका उत्कृष्ट गर्ने बताउने यि कृष्ण अभिनय त राम्रो गर्छननै तर कति कलाकार अनुपस्थित भएको खण्डमा उनीहरूको डबिङ पनि यिनि गरिदिन्छन् ।