
चलचित्र छोडी गए पाप लाग्लाबाट २०६६को उत्कृष्ट निर्देशकको अवार्ड जितेका निर्देशक उज्जवल घिमिरे अब आफ्नै ब्यानमारमा फिल्म बनाउने तयारीमा जुटेका छन् ।
छोरा आयुषको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमा उनी निर्माता र निर्देशक दुवै भएर परिचित समेत हुदै छन् । नायिका रेखा थापासंग मिलेर निर्माण हुन लागेको सो चलचित्रमा प्रस्तुती भने रेखाकै राखिने उज्जवलले बताएका छन् । तर रेखा फिल्मस भने नहुने उनको भनाई थियो ।
यस्तै रेखा थापाको प्रस्तुती भएपछी चलचित्रको नायिकामा उनीनै पक्का भईसकेको उज्जवलले बताए । नायिका पक्का भएपनि नायक को राख्ने भन्नेमा अझै उनी अन्योलमा रहेका छन् । यध्यपी उनको नजरमा केही हद सम्म परेका नायक आर्यन सिग्देललाई उनले लिन सक्ने सम्भावना बढेको देखिन्छ । हाल सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका निर्देशक घिमिरेलेले जिन्दगानी, विश्वास, किस्मत, छोडी गए पाप लाग्ला, जस्ता उत्कृष्ट चलचित्र निर्देशन गरिसकेका छन् ।
चाडैनै निर्माण गरिने भनिएको सो चलचित्रको शुभ मुहुर्त केही दिनमा हुने निर्देशक घिमिरेले फिल्मीखबरालाई जानकारी दिए । यध्यपी फिल्मको नाम भने खुलाईएको छैन ।