
२७ बर्षअघि पहिलो पटक 'बासुरी' चलचित्र निर्देशन गरेका निर्देशक तुलसी घिमिरेले शुक्रबारबाट अर्को चलचित्र निर्देशन गर्ने मौका पाएका छन् ।
६० बर्षको उमेरमा हाल सम्म २० वटा चलचित्र निर्देशन गर्ने मौका पाईसकेका निर्देशक घिमिरेले अब २१औ चलचित्र 'मृगतृष्णा' मा आफ्नो निर्देशनिय कला देखाउन पाउने भएका हुन ।
साई गायत्री फिल्मसको ब्यानरमा दोस्रो पटक निर्माण हुन लागेको यस चलचित्रमा दिलिप रायामाझी र नन्दिता केसी प्रमुख भूमिकामा रहने छन् । शुक्रबार साँझ होटल याक एण्ड यतिमा आयोजित एक औपचारिक कार्याक्रममा निर्माता कमल दाहालले सो चलचित्र निर्माण गरिन लागेको घोषणा गरेका हुन ।
गायत्री भुटिया र हेमन्त बुढाथोकीको प्रस्तुती रहेको सो चलचित्रमा शम्भुजीत बास्कोटाको संगीत रहने निर्माण पक्षले जानकारी दिएको छ ।
कार्याक्रममा बताईए अनुसार बेरोजगारहरूको कथालाई चलचित्रमा समावेश गरिएकाले यस चलचित्र पूर्णत युवा बर्गमा आधारित हुन सक्ने अनुमान गरिएको छ ।