
आगामी शुक्रबार देखि प्रदर्शनमा आउन लागेको चलचित्र "कोही मेरो" को निर्देशक आलोक नेम्वाङ्ग र सोही चलचित्रका नायक आर्यन सिग्देलबीचको सम्बन्ध पानी बाराबार रहेको खुल्न आएको छ ।
भदौ ११ गते देखि देश भर रिलिज हुन लागेको उक्त चलचित्रको प्रदर्शन मिति जानकारीको लागि सोमबार आयोजित पत्रकार भेटघाटका क्रममा नायक सिग्देलले सो रहस्य खोलेका हुन । "सुटिङ्गको पहिलो साता दिन हामी बोल्दा पनि बोलेनौ" निर्देशक आलोक तर्फलक्षित गर्दै उनले भने । तर सुटिङ्गको एक हप्तापछी हामी बीचको सम्बन्ध यसरी अघि बढ्यो कि हामीले रोक्न सकेनौ ।
पहिलो पटक उदिनारायण झाको गीत "लाज को लाली पोतेर आईदेउ न" मा नायिका नम्रता श्रेष्ठ र आर्यनलाई एक साथ नचाएका निर्देशक आलोक र उनको सम्बन्ध अहिलो यसरी अघि बढेको छ कि यि दुवैले एक अर्काको तरिफ गरेर भ्याउदैनन् । अझ फिल्मीखबरसंग कुरा गर्दै निर्देशक नेम्वाङ्गले आर्यनको यसरी तारिफ गरे कि उनले आर्यन बाहेक अर्को हिरो नेपालमा देख्दै देखेनन् । "मरो नजरमा आर्यन सिग्देल भन्ने मान्छे संसारमा हेर्ने नसक्ने मान्छे तर अहिले त्यो चिसो पना यसरी वार्ममा बदलिएको छ कि म नै अचम्ममा परेको छु ।" आर्यनलाई एउटा साथी र भाई जस्तो एक्टर आफुले पाएको भन्दै नेम्वाङ्गले सुटिङ्गको समय सम्झदै भने "कोही मेरोको कथा लेखेपछी आर्यनबाहेकको अर्को हिरो सुहाउदै सुहाएन र मननपरी नपरी पनि उसलाई खेलाउन बाध्य भए । तर सुटिङ्गको एक हप्तापछी हाम्रो सम्बन्ध यसरी अघि बढ्यो कि हामीले कन्ट्रोल गर्न सकेनौ ।"
शत्रु जस्तो भएका यि निर्देशक र नायकको सम्बन्धले कोही मेरोले यसरी जोडिदिएछ कि अहिले निर्देशक आलोकले आर्यन जस्तो नायक कोही नभएको दाबी गर्छन् भने आर्यनले पनि आलोक जस्तो निर्देशक नेपालमै नभएको दाबी गर्छन् ।
भुमिज डटकमको ब्यानरमा राजेश बंशल र सुरज बंशले निर्माण गरेको यस चलचित्रले अन्तत् एकअर्काका शत्रु मानिने आलोक र आर्यनलाई आफ्नै बनाईदिएको छ । आशा गरौं यो चलचित्र प्रदर्शन भए लगत्तै दर्शकहरूका पनि कोही कसैको शत्रु नबनुन् । सबै जनाको आ-आफ्नो कोही मेरो होस् ।