
युवा पुस्तामाझ निकै लोकप्रिय बनेको अनलाईन सामाजिक सञ्जाल फेसबुकबाट नायिका श्वेता खड्का टाढा रहेकी छिन् ।
फिल्मीखबरसंग कुरा गर्दै नायिका खड्काले चाहिने नचाहिने साथीहरू फेसबुकमा हुने भएकाले आफुलाई फेसबुक मन नपर्ने बताईन् । " फेसबुकका धेरै राम्रा पक्षहरू छन् तर पनि मलाई यो कहिल्यै मन परेन" उनले उत्तर दिईन ।
एकाउन्ट खोले पनि नखोलेपनि फेसबुकको फेक आईडीको मारमा परेका नेपाली सेलिब्रेटीहरू मध्ये श्वेता भने त्यसको शिकार भएकी छैनन् । नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र "कहाँ भेटिएला" बाट नायिकामा डेब्यू गरेकी श्वेता फेसबुकबाट टाढा रहेपनि इन्टरनेट र अन्य च्याट माध्यमसंग भने टाढा छैनन् । उनी च्याटको लागि याहु को म्यासेन्जर यूज गर्ने गर्छिन ।
प्रदर्शनमा आउन लागेको शिव रेग्मीद्धारा निर्देशित चलचित्र "हासिदेउ एक फेर" मा दोस्रो पटक अभिनय गरेकी नायिका श्वेता सोमबारबाट अर्को चलचित्र श्रीमान् श्रीमतीमा पनि अनुबन्धीत भएकी छिन् ।
पछिल्लो पुस्ताका नायिकाहरू निशा अधिकारी, ऋचा शर्मा, शोभिता सिमखडा, रेजिना उप्रेती ऋचा घिमिरे, तथा अरूणिमा लम्सालको फेसबुक सम्बन्ध भएपनि इन्टरनेट प्रयोग गर्ने धेरैले स्वेताको फेसबुक आईडी नभेट्दा खल्लो मान्ने गरेका छन् ।