मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा 'बोक्सी'

फिल्मीखबर, अष्ट्रेलिया, 2010/08/08

नाट्यसम्राट बालकृष्ण समद्वारा रचित नाटक 'बोक्सी'मा आधारित रहेर निर्माण गरिएको चलचित्र 'बोक्सी' को अष्ट्रेलियामा शनिबार प्रिमियर गरियो । रमाइलो इन्टरटेनमेन्टको आयोजनामा अगस्ट ७ तारिख शनिबारका दिन ब्रिस्बेन शहरको जर्ज स्टि्रटस्थित टि्वल थियटरमा चलचित्र प्रदर्शन गरिएको हो ।

दिउँसो २ बजे गरिएको प्रिमियरमा नेपालीहरूको बाक्लो उपस्थिती रहेको आयोजकले जनाएको छ । चलचित्रलाई आईतबार पनि सोही समय र सोहि स्थानमा प्रदर्शन गरिंदै छ । सो चलचित्रको टिकट मूल्यदर प्रति ब्यक्ति पन्ध्र डलर तोकिएको छ । रमाइलो इन्टरटेनमेन्टका प्रमुख धीरेन्द्र राज थापाका अनुसार यो चलचित्रलाई अष्ट्रेलियाका अन्य शहरहरूमा पनि छिट्टै प्रदर्शन गरिदै छ ।

बोक्सी कुप्रथामाथि नेपाल सरकारले अपराध मानेर प्रतिबन्ध लगाईंसकेको भए ता पनि अझै पनि थुप्रै नारीहरुलाई बोक्सीको आरोपमा चरम यातना दिने कुकृत्य नेपालमा रहेको छ । नेपाली समाजमा अहिले पनि बिद्यमान रूपमा रहेको कुप्रथा बोक्सीमाथि लेखिएको सो नाटकलाई चलचित्रमा अत्यन्त मार्मिक र कलात्मक तरिकाले चित्रण गरिएको छ । नेपालको स्नातक तहको मानविकी समूहमा पढाई हुने सो नाटकमा आधारित चलचित्र बोक्सीलाई अंग्रेजीमा सब टाइटल गरिएको छ ।

एक महिला र बालकको मनोविज्ञानमा आधारित चलचित्र बोक्सीको निर्देशन गोपालचन्द्र लामिछानेले गरेका हुन् । बोक्सीले छायाँछवि डी–सिने अवार्ड–२०६६ मा उत्कृष्ट चलचित्र र निर्र्देशनको अवार्डसहित विभिन्न पाँच अवार्ड हात पार्न सफल भएको थियो । यो चलचित्र नेपालमा भने सार्वजनिक प्रदर्शन भएको छैन ।