मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घिमिरेको मृगतृष्णा

फिल्मीखबर, काठमाण्डौ, 2010/08/08

नेपालमा बढ्दो युवा बेरोजगारको बिषयलाई लिएर तुलसी घिमिरेले मृगतृष्णा नामक चलचित्र निर्माण गर्दै छन् । तुलसी घिमिरेकै कथा, गीत र सम्पादन रहने सो चलचित्रको अहिले गीत रेकर्डिङको तयारी भईरहेको छ ।

 


मनोहर सुनामको संगीत संयोजन रहने ती गीतहरूमा सम्भुजित बाँस्कोटाको संगीत रहने छ । चलचित्रमा बिराज भट्ट, दिलिप रायमाझी सहितका कलाकारहरूले अभिनय गर्ने छन् । साई गायत्री फिल्म्सको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'मृग तृष्णा' को छायाँकन भदौको अन्तिम साताबाट शुरू गरिने निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी गराए ।


निर्देशक घिमिरेले भर्खरै मात्र बालकथामा आधारित चलचित्र 'स्वर्गकी परी' निर्माण गरेका छन्, जुन प्रदर्शनको तयारीमा रहेको छ । यस चलचित्रलाई उनले आफ्नो जन्मथलो दार्जिलिङको कालिङपोङमा भने प्रदर्शन गरिसकेका छन् । चलचित्र 'स्वर्गकी परी' मा मानव र रूखविरूवा बिचको सम्बन्धलाई प्रस्तुत गरिएको निर्देशकले बताए ।