मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा नम्रताको लाईभ कन्सर्ट

फिल्मीखबर, काठमाण्डौ, 2010/08/07

नायिका नम्रता श्रेष्ठ पहिलो पटक लाईभ कन्सर्टमा प्रस्तुत हुने भएकी छिन् । मलेसियामा हुन लागेको 'नेपाल कन्सर्ट २०६७' मा उनले सहभागीता जनाउन लागेकी हुन् । नायिका नम्रताको साथमा नायक दिलिप रायमाझी, मोडल बरूण राणा, गायक बाबु बोगटी, मिलन लामा र गायिका प्रिती आलेले पनि सहभागीता जनाउने भएका छन् ।

 

कार्यक्रममा नायिका नम्रताले आफ्नो एकल नृत्य प्रस्तुत गर्ने छिन् । साथमा उनले नायक दिलिप रायमाझी र मोडल बरूण राणासँग पनि नृत्य गर्ने आयोजकले जनाएको छ । यसैगरी सो कन्सर्टमा गायक बाबु बोगटी, मिलन लामा र गायिका प्रिती आलेले आफ्ना उत्कृष्ट गीतहरू प्रस्तुत गर्ने भएका छन् ।
एस डब्लु डि इन्टरप्राइजले आयोजना गर्न लागेको सो कन्सर्ट सेप्टेम्बर १०,११ र १२ मा मलेसियाका ३ शहरहरूमा हुने भएको छ । कार्यक्रमको सञ्चालन निर्देशक सुरेशदर्पण पोखरेल र सुनिल चालिसेले गर्ने छन् ।

 

चलचित्र 'मिस यु' को टोली चलचित्र छायाँकन र कन्सर्टको लागी आगामी अगस्ट १८ तारिखमा मलेसिया प्रस्थान गर्दैछन् । चलचित्र 'मिस यु' को छायाँकाको अवसर पारेर मलेसियामा कन्सर्टको आयोजना गरिएको निर्देशक पोखरेलले जानकारी गराए ।