मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दि लाष्ट अमेरिकन भर्जिन' लाई अनुशरण गर्दै 'फष्टलभ'

अनुप भट्टराई/सुमन गैरे, काठमाण्डौ, 2010/08/06

बोएज डेभिडसनको निर्देशनमा सन् १९८२ मा अमेरिकामा प्रदर्शन भएको चलचित्र 'दि लाष्ट अमेरिकन भर्जिन' लाई अनुशरण गरेर चलचित्र 'फष्टलभ' बनाईएको प्रस्ट भएको छ । शुक्रबार देखि देशव्यापी प्रदर्शनमा आएको  सिमोस सुनुवारद्धारा निर्देशित उक्त चलचित्रको कथाबस्तु 'दि लाष्ट अमेरिकन भर्जिन' संग मिल्न गएको छ । 


जसरी भर्जिनमा तीन जना नायकहरुलाई प्रस्तुत गरिएको छ त्यसरी नै यस चलचित्रमा पनि निर्देशकले तीन नायक आर्यन सिग्देल, विनय श्रेष्ठ र कर्मलाई प्रस्तुत गरेका छन् । चलचित्र भर्जिनमा ग्यारी भन्ने पात्र उ एक दमै सोझो हुन्छ उसको पहिलो प्रेम क्यारेन भन्ने संग हुन्छ, जुन चाहि एकातर्फी हुन्छ । त्यसैगरी ग्यारीको भूमिका गरेका  नायक कर्म (गौरव) ले यस चलचित्रमा आफ्नो मनको कुरा आफुले मनपराएकी मायालु निशा अधिकारी (आभा) लाई भन्न नसक्ने पात्रको रुपमा प्रस्तुत भएका छन् ।




रिर्चाड भन्ने अर्को पात्र जसको पहिलो प्रेम क्यारेन संग हुन्छ उ एकदमै प्लेवाईको रुपमा हुन्छन त्यस्तै 'फष्टलभ' मा पनि नायक आर्यन (आयुष) ले रिचार्डको भूमिकामा आफुलाई उभ्याएका छन् जसरी रिचार्डले क्यारेनलाई गर्भवती बनाएर छाडिदिन्छ त्यसरी नै 'फष्टलभ' मा प्लेवाई आर्यनले नायिका निशा अधिकारीलाई गर्भवती बनाएर बेवास्ता गर्छ ।  गर्भवती बनाएर छाडिएको आभालाई गौरबले साथ दिन्छ, उसको स्यहार सुसार गर्छ र राम्रोसंग आभाको गर्भपतन पनि गरिदिन्छ । तर अन्तमा आयुषले आफ्नो भूललाई स्विकारेर आभालाई आफ्नो जीवन संघीनीको रूपमा स्विकार्छ ।


जसरी गौरबले फष्टलभमा आभाको गर्भपत गरिदिएको हुन्छ त्यो कथा पूर्ण रूपमा भर्जिनसंग मिल्न गएको छ । नेपाली निर्माता र निर्देशकहरू कुनै विदेशी चलचित्रको प्रभाव विना चलचित्र निर्माण गर्न सक्दैनन भन्ने कुरा यो चलचित्र र दि लाष्ट अमेरिकन भर्जिन हेर्न दर्शकले स्पष्ट रूपमा छुट्टयाउन सक्दछन् । चलचित्रको बाईरोडको बाटोमा बोलको गीतको कोरियोग्राफी भारतीय चलचित्र 'जाने तु या जानेना' को गीतको कोरियोग्राफीसँग केहि हदसम्म मिल्न गएको तथ्य त चलचित्र प्रदर्शन अगावै सार्वजनिक भईसकेको छ ।


'मिसन पैसा' बाट असफलताको स्वाद चाखेका सुनुवार यो चलचित्रमा केहि हदसम्म सफल मानिएता पनि 'फस्ट लभ' मा निर्देशक सुनुवारका केहि कमजोरीहरू देखिएका छन् । शुरूमा कुरा आउँछ बिना प्रसङको फाईटको । बिदेशी चलचित्रलाई पछ्याउंदै चलचित्रको शुरूवातमै प्रयोग गरिएको द्वन्दको दृश्य समय सान्दर्भिक देखिंदैन ।


युवापुस्ताको ध्यान केन्द्रित गर्न चलचित्रको मध्यान्तरअघि प्रयोग गरिएका संवाद र दृश्यहरू अलि अपाच्य नै छ । सहिरया युवाहरूलाई ती संवाद र दृश्यहरू मन परे पनि ग्रामिण भेगका दर्शकहरूलाई  नपच्न सक्छ । चलचित्रको मध्यान्तर अघि कथाले आफ्नो बाटो बिर्सिएको देखिन्छ । मध्यान्तर पछि भने चलचित्रले दर्शकहरूलाई बाँध्ने प्रयत्न गरेको छ ।


चलचित्रका पात्रहरूले आफ्नो अभिनयको कला देखाउन खोजेता पनि चलचित्रको बिच बिचमा पात्रहरूको अभिनयमा देखिएका त्रुटीहरूले गर्दा दर्शकहरूलाई केहि खल्लो महसुस भने पक्कै हुन्छ । बेलाबेलामा पात्रहरूको अभिनयमा नाटकिय पन भेटिन्छ । नायिका ऋचा र नायक बिनयले अझै आफ्नो अभिनयमा निखार ल्याउनु जरूरी देखिन्छ र पनि उनीहरूको अभिनयले दर्शकहरूको ध्यानलाई तन्न सक्छ ।


चलचित्रको पार्श्वसंगीतमा केहि गल्तीहरू भेटिए पनि चलचित्रको संगीत भने प्रशंसा गर्न योग्य छ । सत्य-स्वरूपराज र सुरेन्द्र मान सिहको संगीतको संगीतमा दर्शकहरू केहि क्षण मन्त्र मुग्ध भने पक्कै हुन्छन् । छायाँकनमा अब्बल मानिएका हरि हुमागाईको छायाँकनमा पनि केहि समस्या देखिन्छ । उनी चलचित्रको केहि दृश्यहरूमा आफ्नो कलालाई राम्रो ढंगले प्रस्तुत गर्नबाट चुकेका छन् । शंकर विसिको नृत्यनिर्देशन र राजकुमार उप्रेतीको द्वन्द निर्देशनमा पनि खासै नयाँ पन केहि देखिंदैन ।


चलचित्रको शुरूवात र अन्त्यमा नायिका नम्रता श्रेष्ठलाई प्रयोग गरिएको भए पनि उनलाई प्रयोग गरिनुको औचित्य देखिंदैन । यहाँ नायिका नम्रताको अनुहारलाई मात्र देखाउन खोजे जस्तो देखिन आएको छ ।  र छुटाउन नहुने अर्को कुरा, दर्शकको ध्यान केन्द्रित गर्न पोस्टरमा प्रयोग गरिएको कर्मा, निशा र ऋचा बिचको चुम्बनको दृश्य चलचित्रमा कहिं कतै देख्न पाईदैन । जसले गर्दा यहाँ दर्शक झुक्याउने प्रयास गरिएको प्रस्ट हुन्छ ।


प्रिन्स मुभिजको व्यानरमा निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्रको प्रिमियरपछी अधिकाशं दर्शकले चलचित्रलाई राम्रो चलचित्रको संज्ञा भने दिएरै छाडे । युवा बर्गलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रले युवाहरूको मन भने पक्के राख्ने प्रशस्त सम्भावनाहरू रहेका छन् । चलचित्र भित्र जे जस्ता त्रुटीहरू देखिएपनि पहिलो पटक प्रेम गरेका  दर्शकहरूले चलचित्र हेरेपछि एक पटक आफ्नो पहिलो प्रेमलाई सम्झने छन् भने पहिलो प्रेम नगर्नेहरूले पहिलो प्रेमको कल्पना भने पक्कै गर्नेछन् ।





चलचित्रको कथासार

युवा अवस्थाका साथीको कथालाई समेटेर निर्माण गरिएको यस कथामा नायक विनय श्रेष्ठ (रोहन) र यसै चलचित्रमार्फत नायिकामा डेब्यू गरेकी ऋचा शर्मा (नितु) पढ्न्ते पात्रको रूपमा देखा परेका छन् । सारासंसार निधाएको बेला ब्यूझिएर किताव पढ्ने रोहन र  केटीहरू देखि डराउने गौरबले कलेजको पहिलो दिनमै आभा र  नितुलाई मनपराएको हुन्छन्  ।   कलेजबाट घर जाने क्रममा  मिल्ने साथी रहेका आभा र नितु चढेको स्कुटीको साचो एक आवारा युवाहरूले खोसिदिएपछी  कारमा घर फर्किरहेका आर्यन (आयुष) र रोहनले त्यो साचो गुण्डाहरूबाट खोस्न सफल हुन्छन्  बाटोमा भएको झगडामा नेगेटिभ क्यारेक्टरको रूपमा देखा परेका सविन श्रेष्ठले बासले हान्दा आभाको निधारमा लाग्छ र सोही घटनाको संयोगले ती चार जना साथी बन्न पुग्छन् ।



उता गौरब भने पहिलो भेटमै मनपराएकी युवती आभालाई आफ्नो सपनाको रानी ठान्न पुग्छ जस अनुसार पहिलो भेटमा उसको तस्बिर उसले आफ्नो मोवाईलमा कैद गरिसेको हुन्छ । चार जना युवायुवतीको चिनजान भएपनि गौरबसंग आभा र नितुको चिनजान भने भएको हुदैन । प्रपोज गर्न हातमा गुलाव लिएर मख्ख परेर कलेज गएको गौरबले आभा र नितु आफ्नो साथीहरूको साथी भइसकेको देखेर अचम्ममा पर्छ । पहिलो प्रस्ताव गर्न गएको गौरबले त्यो प्रस्तावको लागि केटी कलेज आइन भन्ने बहान पारी कुरा र्टार्छ तर पनि जस लाई अर्पेर लगेको गुलाव त्यही युवतीले माग्दा उ दंग पर्छ ।



आभाले बोलाएको कारण दोस्रो पाली पनि कुनै क्याफेमा गोजीमा गुलावको फुल बोकेर भेट्न  पुगेको गौरब प्रपोजको तयारीमा हुन्छ तर त्यहा आभाले उसको कानमा आफुले आयुषलाई मन पराउने कुरा भन्दा उ छागाबाट खसेजस्तो हुन्छ । अभाको लागि  दोस्रो पटक लगेको फुल उसले आयुषलाई दिनु भन्दै उ र्फकन्छ ।  यसरी चलचित्रको तीन पात्र आर्यन, निशा र कर्मबीचको रोमाञ्चाकरी त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको यस चलचित्रमा आर्थिक अवस्था कमाजोर भएका नितु एक बार डान्सरको रूपमा हुन्छे जुन कुरा रोहनलाई थाहा हुदैन । बारमा काम गर्दा बलत्कृत हुन पुगेकी नितु एड्सको सिकार हुन्छे । जसको कारण रोहनले प्रपोज गर्दा पनि उसको  प्रस्तवालाई उसले अस्विकार गरिरहेकी हुन्छे ।



कतैबाट फर्किरहेको अवस्थामा बारमा पुगेका एक गेष्टले उनलाई सडकमै बार डान्सर भन्न पुग्दा रोहनले नितु बार डान्सर भएको कुरा थाहा पाउछ । आफ्नो पेशाको बारेमा केही नबताएकी नितुदेखि रिसले चुर भएको रोहनले उसको घरमै गएर उसलाई जवरजस्ती गरी यौन प्यास मेट्छ । जव रोहनले   यौन प्यास मेट्छ तब नितुले रूदै आफु डान्सबारको केटी भएको आफ्नै मुखबाट भन्छिन् अनि त्यो संगै आफु कसैबाट बलत्कृत भएको र एडस् रोगले ग्रसित समेत भएको कुरा खुलाउछिन् तब रोहन छागाबाट खसेजस्तो हुन्छ ।   आफु पनि  एड्स पिडित भएपछी  नितुलाई गरेको दुर्बवव्यवहार प्रति पश्चताप गर्दै रोहनले उसंगै जिवन विताउने निर्णय गर्छ त्यसपछी के हुन्छ चलचित्र हेरेपछी तपाईहरूले थाहाँ पाउनु हुन्छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ गेष्ट आर्टिष्टको रूपमा देखा परेकी छिन् ।