
पाउनु मात्र माया होइन त्याग्नु पनि माया हो भन्ने मूल सन्देश बोकेको चलचित्र 'किन लाग्छ माया' को अहिले डबिङ भईरहेको छ ।
गोपालचन्द्र लामिछानेद्वारा निर्देशित चलचित्र किन लाग्छ मायामा निखिल उप्रेती, राजवल्लभ कोइराला, झरना थापा, गरिमा पन्त, शंकर लामिछाने, निर्मल शर्मा, रवि गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । शक्ति बल्लब घोरासैनीले निर्माण गरेको सो चलचित्रमा लक्ष्मण शेषको संगीत, अविनाश क्षेष्ठको लेखन, दिपक बज्रचार्यको छायाँकन, रामजी लामिछानेको नृत्य र रोशन श्रेष्ठको द्वन्द रहेको छ ।