मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलको अभिनयमा कमलकृष्णको आवाज

फिल्मीखबर, काठमाण्डौ, 2010/08/04

नायिका संचिता लुईँटेलसँग बिबाह गरी भारत पलाएन भएका नायक निखिल उप्रेति नेपाल फर्किने टुंगो नभएपछी अन्तत: चलचित्र ‘मन परेपछि’ मा  निखिलले अभिनय गरेको दृश्यमा कमलकृष्णले आवाज दिएका छन् । निखिललाई नै पर्खेर बसेका निर्देशक सुमन दाहालले निखिल आउने टुङो नभएपछि कमलकृष्णलाई डबिङ गराएको बताए ।


निखिलको समस्याको समाधान त कमलकृष्णले गरिदिए तर सोही चलचित्रमा अभिनय गरेका अर्का कलाकार रमित ढुङ्गानाको समस्या भने यथावत नै छ । व्यक्तिगत कामका लागी अमेरिका पुगेका रमित अझैसम्म नेपाल नफर्केपछि उनको सट्टामा कस्लाई डबिङ गराउने भन्ने चिन्ताले निर्देशक दाहाललाई निकै सताएको छ । रमितको कारणले गर्दा यो चलचित्रको काम आगाडी बढ्न नसकेको निर्देशक दाहालले बताए ।