मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फष्टलभ' मा नम्रता

अनुप भट्टराई , काठमाण्डौ, 2010/08/04

बिहिबार प्रिमियरको तयारीमा जुटेको चलचित्र 'फष्टलभ' मा नायिका नम्रता श्रेष्ठको अभिनय पनि रहेको खुल्न आएको छ । चलचित्रलाई हयाप्पी इन्डिङ बनाउन नम्रतालाई अन्तिमको समयमा नायक कर्मको जोडीको रूपमा उनलाई अतिथि कलाकारको भूमिकामा निर्देशक सिमोश सुनुवारले प्रयोग गरेको बुझ्न आएको छ । 

 

सस्पेन बनाउन नम्रता बारे कुनै पनि विज्ञापन नगरेको चलचित्रको टिमले हरेक पोष्टर ,ब्यानर र विज्ञापनमा चार जना मुख्य कलाकार आर्यन सिग्देल, विनय श्रेष्ठ, निशा अधिकारी  र ऋचा शर्मालाई मात्र प्रयोग गरेको छ ।  प्रिमियर अगावै थाहा पाईएको जानकारी अनुसार  नायक कर्मको फष्ट लभ निशा अधिकारी, निशाको फष्ट लभ आर्यन र आर्यनको पनि फष्ट लभ निशा भएका कारण एकहोरो प्रेम गर्ने  कर्मले आफ्नो पहिलो प्रेम नपाउने र अन्तमा उसले नायिका नम्रतालाई भेट्ने बुझिएको छ ।



क्याम्पस पढ्ने यि पात्रहरूको विदाई समारोहमा आफुले मनपराएकी मायालुलाई आर्यनको अगालोमा देखेपछी दुखी भएको कर्म घर र्फकने समयमा अर्को मायालु (नम्रता) लाई भेट्ने दृश्य चलचित्रमा सावेश गरिएको छ ।

 

गएको असार २४ गते सो चलचित्रको अडियो प्रिमियरमा नम्रता उपस्थित हुदाँ धेरैले प्रश्न समेत गरेका थिए नम्रता किन प्रिमियरमा ?  आज उनको रहस्य खुलेको छ   अतिथि कलाकार भएर होला उनी त्यो प्रिमियरमा उपिस्थत भएकी थिइन्  । यध्पी सो समयमा उनको अभिनय बारे केहीँ खुलाईएको थिएन् ।